Close

Recent Posts

परराष्ट्र–श्रम मन्त्रालयको संरक्षणमा जापानको व्यक्तिगत भिसामा कन्सल्टेन्सी–म्यानपावरकै ठगि, श्रम सम्झौताको उपहास

परराष्ट्र–श्रम मन्त्रालयको संरक्षणमा जापानको व्यक्तिगत भिसामा कन्सल्टेन्सी–म्यानपावरकै ठगि, श्रम सम्झौताको उपहास

रुसी सेना गएका नेपाली ज्यान गुमाउँर्दै, सेटिङबाट पठाइन्छ

रुसी सेना गएका नेपाली ज्यान गुमाउँर्दै, सेटिङबाट पठाइन्छ
  • २४ जेष्ठ २०७९, मंगलवार ०६:०२

नेपालले बेलायत र भारत बाहेकका देशमा नेपाली नागरिकलाई सैनिक सेवाका लागि अनुमति दिएको छैन । हाल रुसी सेनामा नेपाली युवा जाने क्रम पनि बढेको देखिन्छ । रुस संस्थागत (म्यानपावर कम्पनी) र व्यक्तिगत प्रयासमा भिसा लिएर रोजगारीका लागि नेपालीहरु जाने क्रमपनि बढेको छ । सरकारले रुस–युक्रेन युद्धपछि पनि रुस रोजगारीमा जाने विद्यार्थी र कामदारको हकमा भिसा रोकेको छैन ।

mulpatra

रुस–युक्रेन युद्धमा दुवै तर्फबाट २ सय बढी नेपाली भर्ना भएको नेपाली दूतावास मस्कोको अनुमान छ । दूतावासले हालै पठाएको एउटा पत्रमा यति संख्या बताइएको छ । तीन महिनाभित्र रुसी सेनाको सहयोगीको जिम्मेवारीमा रहेका तीन जना नेपालीको मृत्यु भएको नेपाली दूतावास मस्कोले जनाएको छ । दूतावासका अनुसार युक्रेनसँगको युद्धमा स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का र इलामका गंगाराज मोक्तानको कात्तिक २९ गते मृत्यु भएको हो ।

रुसी सेनामा नेपाली भर्ती हुने क्रम र त्यसको अवस्थाको बारेमा रुस–युक्रेनको सम्बन्धीत पक्षसँग जानकारी लिने काम भइरहेको मस्कोका नेपाली राजदूत मिलन तुलाधरले जानकारी दिए । नेपाली मारिएको घटनाको बारेमा सम्बनधीत पक्षसँग जानकारी सोधखोज भइरहेको उनले बताए । ‘अहिले पनि रोजगारीमा रुस आएर नेपाली सेना भर्ती हुने ठुलै संख्या रहेको सूचना आएको छ । रुस ठुलो भएका कारण कहाँ नेपाली छन् । कसरी भर्ती भइरहेका छन् भन्ने पत्ता लगाउन समस्या भइरहेको छ ।’ उनले भने, नेपालबाट रोजगारी र अध्ययनका लागि आएको विद्यार्थी सेनामा भर्ती भइरहेका छन् । यसरी आएका नेपाली सेनामा भर्ती भएको सूचना पाउन पनि मुश्किल हुन्छ ।’

नेपाली रुस सेना भर्ती कसरी भइरहेका छन् भन्ने विषयमा यहाँको सरकारसँग जारी लिएररहेको र भर्ती प्रक्रिया रोक्न समेत आग्रह गरिरहेको उनको भनाइ छ । इजरायलमा हमासको आक्रमणमा परी दश जना नेपाली विद्यार्थीको ज्यान गएको पीडा भुल्न नपाउँदै युक्रेससँगको युद्धका क्रममा तीन नेपालीको मृत्यु भएको मस्कोस्थित नेपाली दूतावासले पुष्टि गरेको छ । तर, ती नेपाली कहाँ र कसरी भनेर भन्ने दूतावासले खुलाएको छैन । उनीहरुका शव कहाँ छ भन्ने पनि जानकारी नभएको दूतावासले जनाएको छ । यो विषयमा परराष्ट्र मन्त्रालयले पनि केही प्रक्रिया दिएको छैन । रुस सेनामा भर्ती मृत्यु भएको नेपालीका बारेमा जानकारी लिन काम भइरहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् । रुसी सेनामा नेपाली भर्ती भएको र उनीहरुको मृत्यु भएको विषयमा मस्को दूतावासले अध्ययन गरिरहेको उनले बताइन् ।

अघिल्लो वर्ष र चालु आर्थिक वर्षको ४ महिनाको तत्थांकले व्यक्तिगतरुपमा गएका नेपाली युवाहरूको संख्या अत्यधिक देखिन्छ । गत वर्ष म्यानपावर कम्पनीमार्फत एक जना पनि नेपाली रुस रोजगारीका लागि गएको तथ्यांक नभएको वैदेशिक रोजगार विभागले जनाएको छ । भने, चालु आर्थिक बर्ष सुरु भएको ४ महिनामा ३ सय ८६ जना रोजगारीका लागि गएको विभागको तथ्यांक छ । ४ महिनामा ३ सय रुप पुगे साउनमा म्यानपावर कम्पनीमार्फत ३१, व्यक्तिगत १८ र पुनः श्रम स्वीकृतिमार्फत ४ जना गरी ५३ जना, भदौमा म्यानपावर कम्पनीमार्फत ६१ र व्यक्तिगत ९८ गरी १ सय ५९ जना, असोजमा म्यानपावर कम्पनीमार्फत १० र व्यक्तिगत ३१ गरी ४१ जना, कात्तिकमा म्यानपावर कम्पनीमार्फत २७ र व्यक्तिगत १५ जना गरी ४१ जना रुस नेपाली युवा गएको विभागको तथ्यांकमा छ । यस्तै, गत आर्थिक वर्षमा व्यक्तिगतरुपमा ३ सय ८६ जना नेपाली वैदेशिक रोजगारीमा रसिया गएको विभागले जनाएको छ ।

रुसी सेनामा नेपाली युवा भर्ती हुने अनुमति नभएको वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालले जानकारी दिए । रुस नेपाली व्यक्तिगत श्रम स्वीकृति लिएर गइरहेको र यो भिसामा गएका नेपाली सेनामा भर्ती भएको विषयमा जानकारी नभएको उनले बताए । ‘प्रमाणसँग कम्पनीको पत्र आएपछि व्यक्तिगत भिसा रोक्न सकिदैन् । सबै प्रमाण लिएर आएको भिसा दिनुपर्ने कानुनी व्यवस्था छ ।’ उनले भने ।

कर्मचारीको मिलोमत्तोमा एजेन्ट र म्यानपावरले पठाँउछन् वैदेशिक रोजगार विभाग र श्रम कार्यालयका कर्मचारीलाई आर्थिक प्रलोभनमा पारेर व्यक्तिगत श्रम स्वीकृति लिएर नेपालीलाई रुस पठाइरहेको पाइएको छ । व्यक्तिगत भिसा र श्रम स्वीकृतिका लागि म्यानपावर कम्पनी सञ्चालनको अनुभव भएका केही व्यक्ति र एजेन्टहरुको गिरोहले नेपाली युवालाई युद्धग्रस्त देश रुस पठाइ रहेपनि सरकारी निकाय मौन बसेको वैदेशिक रोजगारविज्ञहरुको आरोप छ ।

सरकारी कर्मचारी नै पैसाको प्रलोभन परी रुसमा नेपाली युवा पठाउन गिरोहलाई सहयोग गरिरहेको उनीहरुको आरोप छ । वैदेशिक रोजगारीका लागि सामान्य फारम भर्नसमेत पसिना काड्ने शैक्षिक हैसियतमा रहेका युवाहरू व्यक्तिगत भिसामा रुसको भिसा प्राप्त गर्नु प्रायः असम्भव नै भएको रोजगारविज्ञ गणेश गुरुङ बताउँछन् । रुस जान व्यक्तिगत भिसा नै प्रयोग भएको तथ्यांक हेर्दा सेटिङमै श्रम स्वीकृति जारी भइरहेको उनको दाबी छ ।

रुसमा युद्धमा परी नेपालीको मृत्यु भएपछि मिलेमतोमा श्रम स्वीकृति दिने सरकारी कर्मचारीका बारेमा छानबिन गर्नुपर्ने दबाब श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई परेको छ । श्रम मन्त्रालयले पनि यो विषयमा छानबिन गर्ने जनाएको छ । पछिल्लो समय भारत, यूएई र कतार हुँदै पनि नेपाली युवा रुसी सेनामा भर्ती हुन जाने गरेको पाइन्छ । सामाजिक सञ्जालमा रुसी सेनामा भर्ती भएको टिकटक समेत नेपाली युवाले पोष्ट गदै आएका छन् ।

यूएईबाट रुस सेनामा भर्ती भएका गंगाले २ महिनामा ज्यान गुमाए वैदेशिक रोजगारीका लागि यूएई पुगेका इलाम नगरपालिका –५ का ३३ वर्षेयि गंगाराज मोक्तान २ महिनाअघि मात्र रुस सेनामा भर्ती भएका थिए । रुस सेनामा भर्ती भएका गंगाराजको कात्र्तिक २९ गते तालिमका क्रममा मृत्यु भएको खबर मस्कोस्थित नेपाली दूतावासले ३ दिनअघि खबर गरेको उनकी श्रीमति याङकी मोक्तान शेर्पालाई जानकारी दिइन । गंगा यूएईबाट रुस सेनामा भर्ती हुन गएपछि मात्र आफुलाई थाहा भएको शेर्पाले बताइन् ।