Close

Recent Posts

दाङ मा बस दुर्घटना, दुई जनाको मृत्यु

दाङ मा बस दुर्घटना, दुई जनाको मृत्यु
  • ८ माघ २०८०, सोमबार ०३:०१

दाङ – दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुेनमा बर्दियाको गेरुवा गाउँपालिका १ निवासी ३६ वर्षीय भीमनाथ योगी र युवराज चौधरी रहेको इलाका प्रहरी कार्यालय, अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार बर्दियादेखि काठमाडौं जाँदै गरेको प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको यात्रु बस लमही नगरपालिका ९ रिहार नजिकै गएराति ११ बजे दुर्घटना हुदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

बसमा सवार अन्य यात्रुहरु सकुशल रहेका छन भने चालक सामान्य घाइते भएको र उनको कोहलपुरमा उपचार भैरहेको प्रहरीले बताएको छ । मृतकहरुको शव लमही अस्पतालमा राखिएको छ । बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।