कोशीमा एमाले–राप्रपा तालमेल

कोशीमा एमाले–राप्रपा तालमेल
  • ८ माघ २०८०, सोमबार १५:१७

माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि कोशीमा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गठबन्धन गरेका छन्।

mulpatra

सहमति अनुसार एमालेबाट महिला उम्मेदवार रहेकी रुक्मिणी कोइराला र अन्य पुरुष कोटाबाट उम्मेदवार बनेका राप्रपाका उद्धव पौडेल अब एमाले–राप्रपा गठबन्धनको आधिकारिक उम्मेदवार बनेका छन् ।

कोशीमा सत्ता गठबन्धनका तर्फबाट अन्यतर्फ नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र महिलामा नेकपा माओवादी केन्द्रबाट चम्पादेवी कार्की उम्मेदवार बनेका छन् । कोशीमा राष्ट्रियसभाका लागि ३ सय ६७ मतदाता छन् । तीमध्ये ९३ जना प्रदेशसभा सदस्य हुन् । प्रदेशसभा सदस्यको मतभार ५३ हो । स्थानीय तहका २७४ प्रमुख तथा उपप्रमुखको मतभार १९ हुन्छ ।

प्रदेश र स्थानीय तह गरेर एमालेको ४ हजार २४८, कांग्रेसको ३ हजार ६८४, माओवादी केन्द्रको १ हजार २७८, राप्रपाको ३९४, नेकपा एकीकृत समाजवादीको ३४५, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार छ ।

जसअनुसार सत्ता गठबन्धनको मतभार ५ हजार ४७४ छ भने एमाले–राप्रपा गठबन्धनको कुल मतभार ४ हजार ६४२ छ ।