जनमत पार्टी बाहिरियो मधेस सरकारबाट

काठमाडौं । तराईमा बलियो पडक बनाउँदै लगेका सिके राउत नेतृत्वको जनमत पार्टी मधेस सरकारबाट बाहिरिएको छ।
मधेस सरकारमा शिक्षा र श्रम गरी दुई जना मन्त्री सहभागी गराएको जनमत पाटी एकाएक सरकारबाट बाहिरिने निर्णयले राजनीतिक तरंग ल्याइदिएको छ ।
‘मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र हामी सरकारबाट समेत बाहिरिने निर्णय गरेका छौं । वर्तमान सरकारबाट हाम्रो पार्टीको लक्ष्य नपुगिने निर्णय सहित उक्त निर्णय लिइएको हो’ पार्टी महासचिवसमेत रहेका मन्त्री चन्दन सिंहले भने।
’हाम्रो पार्टीका तर्फबाट शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले हुनुहुन्थ्यो उहाँहरुले राजीनामा बुझाउनु भएको छ।’ महासचिवले भने ।
यता जनमत सरकारबाट बाहिरिए पनि मधेस प्रदेशमा सत्ता समीकरणमा कुनै समस्या नरहेको सत्तारुढ दल माओवादीका एक नेताले भने । ‘कुल १०७ सदस्यीय मधेस प्रदेशमा बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ । मधेस प्रदेशमा सत्ता गठबन्धनसँग ६४ सांसद सहित सुविधाजनक बहुमत छ । त्यसकारण सरकारलाई केही असर गर्दैन’ उनले भने ।