धरानमा एक्सपर्ट  एजुकेसन एण्ड भिसा सर्भिस  शाखा कार्यालय

धरानमा एक्सपर्ट  एजुकेसन एण्ड भिसा सर्भिस  शाखा कार्यालय
  • ९ माघ २०८०, मंगलवार १५:४७

धरान / धरानमा आजबाट एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिस  विधिवत रूपमा सञ्चालनमा आएको छ । धरानको पुतली लाइनमा शुभारम्भ गरिएको सो शाखा कार्यालय  एक्सपर्टका डाइरेक्टर प्रसन्न दाहालको उपस्थितिमा  शुभारम्भ गरिएको हो । देशभर १९ औ शाखाको अपार सफलतापछि धरानमा २० औ शाखाको रूपमा विधिवत् सेवा सुरुवात गरेको हो । 

सहज तथा सरलरुपमा नेपाली विद्यार्थीहरूलाई अस्ट्रेलिया तथा अन्य देशहरूमा उच्च शिक्षा अध्ययन गर्न पठाउने उद्देश्य अनुरूप शैक्षिक परामर्श सेवा प्रदान गर्न सो केन्द्र सञ्चालनमा ल्याइएको दाहालले बताए । कार्यालयले नेपाली विद्यार्थीलाई अस्ट्रेलियाका विभिन्न विश्वविद्यालयहरूमा सहज रूपमा भिषा उपलब्ध पक्रिया सञ्चालन गरी स्नातक तहदेखि माथिल्लो तहका उच्च शिक्षा अध्ययन गर्न सघाउ पुर्‍याउने उद्देश्य अनुरूप शाखा सञ्चालनमा ल्याएको निर्देशक कमल तिमल्सिना जानकारी दिए ।

धरान पूर्वी नेपालको शैक्षिक हबका रूपमा विकसित धरानमा गुणस्तरीय एवं बिश्वासिलाे   शैक्षिक परामर्श सेवा प्रदान गर्न एक्सपर्टको शाखा कार्यालय स्थापना भएको धरान, इटहरी तथा विराटनगर प्रमुख कमल तिम्सिनाले बताए । उनले एक्सपर्टले नेपालका पूर्वी सहरहरू धरान, इटहरी, विराटनगर तथा बिर्तामोडमा पाएको सर्भिस अस्ट्रेलियाको सिड्नी लगायत अन्य देशहरूमा पनि पाउन सकिने बताए । 

एक्सपर्टले मुख्यतया अस्ट्रेलियासँगै क्यानडा, युके, युएसए, न्युजिल्यान्डलगायत देशमा विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि परामर्श दिँदै आइरहेको  छ । अस्ट्रेलियामा भएका सरकारी तवरका ३८ वटा युनिभर्सिटीमध्ये २८ वटा युनिभर्सिटीमा आफ”हरुको सम्बन्धन प्राप्त भएको र एक्सपर्टले विगत २० वर्षदेखि सेवा प्रदान गरिरहेको छ । एक्सपर्टले  विगत दुई दशकदेखि विश्वका १६ देशमा ६० भन्दा बढी शाखा कार्यालयबाट शैक्षिक परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।