Close

Recent Posts

बहसमा अल्मलिएको एमाले–एसको एकीकरण, ओली–नेपाललाई भेटाउनै मुश्किल

बहसमा अल्मलिएको एमाले–एसको एकीकरण, ओली–नेपाललाई भेटाउनै मुश्किल
  • १० माघ २०८०, बुधबार १४:२३

काठमाडौं । नेकपा एमाले र एकीकृत समाजवादीबीच पार्टी एकीकरणको विषयममा फेरी आन्तरिक बहस सुरु भएको छ। २०७९ सालको जेठमा स्थानिय निर्वाचनपछि नै एमाले र एसबीच पार्टी एकीकरणको बहस र आन्तरिक छलफल भएको थियो। त्यसपछि भएको संसदीय निर्वाचनअघि र पछिपनि एमाले र एसबीच पार्टी एकीकरणको चर्चा चलेको थियो।

एमालेका शीर्ष नेताहरु नै एससँग एकीकरणका लागि आन्तरिक छलफलमा जुटेका छन्। एमालेका उपाध्यक्षहरू विष्णु पौडेल र उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र सचिव गोर्कण विष्टलगायतका शीर्ष नेताहरु एससँग पार्टी एकीकरणको लविङमा छन्। गत वर्षको माघ पनि उपाध्यक्ष पौडेललगायतका केही एमालेका शीर्ष नेताहरुले पार्टी एकीरकणमा लागेका थिए। तर त्यो बेला एससँग भएको छलफलमा एमालेको स्थाई कमिटिमा विवाद बढेपछि एकीकरण रोकिएको थियो।

स्थाई कमिटिका धेरै सदस्यहरुले तत्काल एससँग एकीकरण गर्नु हुँदैन भने आवाज उठाएको थिए। त्यति बेला एसका कारण हारेका केही नेताहरुले एकीकरणको बहस अध्यक्ष ओलीको सहयोगमा रोकेको थिए। पछिल्लो समयमा उपाध्यक्ष पौडेल मात्र होइन पोलिटब्युरो सदस्य महेश बस्नेतलगायत नेताहरू एसका केही शीर्ष नेतासँग एकीकरणको छलफलमा जुटेको पाइएको छ। अहिले एमाले र एसका नेताहरु एकीकरणको छलफलमा जुटेपनि यो विषय दुवै पार्टीले गोप्य राखेका छन्।

बाहिर चर्चा भयो भने फेरी वार्ता भाँडिने र राजनीतिक चलखेल हुने उनीहरुको बुझाइ छ।

तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओलीले २०७७ पुस ५ गते पहिलोपटक प्रतिनिधिसभा विघटनपछि ओली र दाहाल–नेपालको सम्बन्ध बिग्रिएको थियो। एमाले र माओवादी एकता भएर बनेको नेकपा बदरका बेला एमालेमा फर्किएका नेपालसँग ओलीले पटकपटक वार्ता भएपनि ओली–नेपाल आरोप–प्रत्यारोपमा मात्रै उत्रिएनन्, नेपालले एमाले विभाजन गरेर नयाँ पार्टी नै खोले।

२०७८ भदौ ९ गते गठन गरेको नयाँ पार्टी नेकपा एसको नेतृत्व नेपालले नै गर्दै आएका छन्। २०७८ एमालेमा विवाद बढिरहेका बेला ३१ वैशाखमा बूढानीलकण्ठमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच झन्डै चार घण्टा लामो वार्ता भएको थियो। त्यसपछि २ जेठमा एमालेमा एकताका लागि सहमति खोज्न दश सदस्यीय कार्यदल बनाइएको थियो। त्यसयता एमाले अध्यक्ष ओली र नेपालबीच कार्यक्रम बाहेक भेटवार्ता भएको छैन।

एमालेका नेताहरूले निरन्तर संवाद अघि बढाएपछि आगामी रणनीति तय गर्न र एमालेसँगको एकीकरण वा समायोजन वा सहकार्यको विषयमा एसका अध्यक्ष माधव नेपालपनि सकारत्मक देखिएको एमालेका एक उच्च नेता बताउँछन्। नेपाल पनि एमालेसँग सम्मानजनक एकीकरणको मनसायमा हुनुहुन्छ। तर उहाँले एमाले अध्यक्ष केपी ओलीले नै सार्वजनिक रुपमा छलफलका लागि आफुलाई बोलाउनुपर्छ भने पक्षमा हुनुहुन्छ।

अहिले हामी पनि त्यहीअनुसार छलफलमा जुटेको उनले जानकारी दिए। एमाले अध्यक्ष ओली र नेकपा एसका अध्यक्ष नेपाललाई भेटवार्ता गराउन प्रयासमा उनीहरु छन्। तर दुवै नेता तत्काल भेटने मनस्थीतिमा नरहेको छलफलमा जुटेका नेताहरु बताउँछन्। संसदको पहिलो दलको हैसियतमा पुनः फर्किन एमालेलाई नेकपा एस आवश्यक छ। भने नेकपा एसको अस्तित्व रक्षाका लागि एमालेमा फर्किने बाटो पार्टीभित्र केही शीर्ष नेताले खोजीरहेको एमालेका ती नेताले हिमाल प्रेससँग बताएका छन्।

ओली–नेपाल एकै ठाउँमा बसेर कुराकानी गरेपछि मात्रै पार्टी एकताका हुने अवस्था देखिएको ती नेताले बताए। ‘ओली– नेपाल नै भेट आउन भन्ने पक्षमा छन् भने, नेपाल ओली नै भेट्ने वातावरण बनाएर बोलाउनु भने पक्षमा छन्। अहिलेको मुख्य समस्या यही नै हो। एक वर्षअघि सम्म एक–अर्काको नाम सुन्न र मुख हेर्ने समेत नचाहने ओली–नेपाल अहिले सामान्य अवस्थामा फर्किन तयार छन्।’ उनले भने।

ती नेताका अनुसार पार्टी एकताको छलफलमा बस्नुअघि ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गरेको गल्ती स्वीकानुपर्ने अडानमा नेपाल छन् भने ओली नेपालले मेरो कारण एमालेलाई ठुलो क्षति पुगेको गल्ती स्वीकारे मात्र छलफलमा बस्ने पक्षमा छन्। पछिल्लो राजनीतिक विषयमा एमाले र एसका नेताहरुबीच कहिले–काँही आन्तरिक रुपमा छलफल हुने गरेको एमाले उपमहासचिव प्रदिप ज्ञवालीले बताएका छन्।

यसरी भएको भेट र छलफलमा पार्टी एकीकरणको बहस हुनु स्वभाविक भएको उनको तर्क छ। नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडा एमालेसँग पार्टी एकीकरण गर्ने विषयमा छलफल नभएको र यो विषयमा आफु जानकार नभएको बताएका छन्। तत्काल एमालेसँग पार्टी एकीकरण हुने अवस्था नभएको उनले हिमाल प्रेससँगको कुराकानीमा प्रष्ट पारे।

शाह र योगीसँग पनि छलफल

एमाले एस र स्वतन्त्र उम्मेदवार योगी मण्डलसँग एकीकरण गरेर ससंदको पहिलो पार्टी हुने दाउमा पहिलादेखि नै लागेको छ। यसका लागि एमालेका दोस्रो तहका नेता लागि परेका छन्।

तत्काल सम्भव नभएपनि आगामी वैशाखभित्र एस र योगीसँग एकीकरण गरी पहिलो पार्टी बन्ने रणनीति रहेको एमालेका एक शीर्ष नेताले जानकारी दिए। अहिले एमालेको ७८ सीट छ। नेकपा एसको १० सीट थपिँदा कांग्रेसको बराबर ८८ सीट हुनेछ। कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बित भएकाले उसको ८९ बाट एक सीट घटेको हो। भने एमालेले जसपालाई मोरङ ५ छाडेपछि स्वतन्त्र उठेर जितेका योगी मण्डल पार्टीमा फकाएर पहिलो पार्टी बनाउन दाउमा एमाले छ।

एमालेकै कोशीका शीर्षका नेताका अनुसार मण्डल पार्टी एकता भए एमालेमा फर्किन तयार भएको बताइरहेका छन्। योगीसँग मात्र होइन एमाले छाडेका प्रभु साहसँग पनि एकीकरणका लागि एमालेहरुले छलफल गरेको पाइएको छ। शाह र योगीले समेत यो विषयमा केही बालेका छैन। प्रभु शाहले भने आफु कतै र कोहीसँग एकीकरण गर्ने पक्षमा नरहेको बताएका छन्। एस, शाह र योगीसँग एकीकरण भए एमालेको संसदमा ९० सिट पुग्छ।

नेपालको पार्टीको सर्कुलर र एमाले सिध्याउने अभियानका कारण स्थानीय तहमा ८९ पालिकामा झिनो मतले र संसदीय चुनावमा १५ सीट गुमाएको विश्लेषण एमालेका नेताहरुको छ। २४ सीटसहित एमालेबाट बाहिरिएका माधव नेपालसँग आज गठबन्धनको सहयोगमा १० सीटमा झरेको छ। आगामी निर्वाचनसम्ममा एसको नेताहरु आफु एमालेमा फर्किने एमालेभित्र बहस भइरहेको छ।

पार्टी एकीकरणको चर्चा बाहिर ल्याएर एमालेका उपाध्यक्ष पौडेल र उपमहासचिव गुरुङले फन्डा मच्चाउन खोजेको एमालेभित्रै चर्चा छ। पौडेले र गुरुङले पार्टी एकीकरण मात्र होइन, पुर्वराष्ट्रपति विद्यादेखी भण्डारीलाई पनि राजनीतिकमा ल्याउन खोजेको एमालेभित्र आरोप छ। उनीहरुले पार्टी एकीकरण र भण्डारीलाई राजनीतिकमा ल्याउने चर्चा गरेर एमाले अध्यक्ष ओली, महासचिव शंकर पोखरेललागयतका नेताहरुलाई साइजमा राख्न र आफनो वाग्रेनिङ पावर बढाउने दाउमा रहेको एमालेकै नेताहरु बताउँछन्।

ओली र प्रचण्ड एक ठाउँमा उभिएपछि अध्यक्ष नेपाललाई पनि फर्काएर नेकपा व्युताउनेसम्मको गृहकार्यमा केही नेकपा माओवादी केन्द्रका नेताहरु लागेका छन्। तर एमालेका कतिपय नेताहरु नेकपा व्युताउने पक्षमा छैन। प्रचण्ड–माधवको मतबाट उनीहरुकै पार्टी जोगाउन मुश्किल परिरहेको बेला नेकपा व्युत्याएर फेरी उनीहरुको राजनीतिक पावर बढाउने नहुनेमा एमालेका ती नेताहरु छन्।

एमाले अध्यक्ष ओलीले एसका सम्मानित नेता झलनाथ खनालमार्फत एसलाई फुटाउन पटक–पटक प्रयास गरेपनि उनी सफल भएन। त्यसपछि उनले खनालबाहेकका केही नेतामार्फत एसलाई फुटाउन चलखेल गरेर पनि सफल नभएको एसकै नेताहरु बताउँछन्।