‘नमेटिने घाउ’ मा प्रधानमन्त्री बन्दै पूर्व प्रधानमन्त्री के.पी शर्मा ओली

तेजाब आक्रमण विरुद्ध जनचेतना जगाउन ‘नमेटिने घाउ’ नामक फिल्म बन्ने भएको छ । अभिनेता रमित ढुङ्गानाले निर्माण गर्न लागेको उक्त फिल्ममा नेपाली राजनीतिका चर्चित पात्र, पुर्व प्रधानमन्त्री केपी शर्मा ओली समेतको भूमिका रहने जनाइएको छ । तेजाब आक्रमणबाट पीडित नानीबाबुहरुले समेत फिल्ममा अभिनय गर्ने कुरा पूर्व प्रधानमन्त्री के.पी शर्मा ओलीको सामाजिक सन्जाल फेसबुक पेजबाट समेत सार्वजनिक गरिएको छ । फेसबुकबाट जस्ताको तस्तैःतेजाब आक्रमण विरुद्ध जनचेतना जगाउन अभिनेता रमित ढुङ्गानाले ‘नमेटिने घाउ’ नामको फिल्म बनाउँदै हुनुहुन्छ। तेजाब आक्रमणबाट पीडित नानीबाबुहरुले पनि फिल्ममा अभिनय गर्दैछन् । आज तिनै पीडितहरुसँगै फिल्मको शुभमुहूर्तमा सहभागी हुने अवसर मिल्यो। तेजाब आक्रमणजस्तो मानवता विरोधी अपराध नियन्त्रण गर्न कानून ल्याउँदाको क्षण आज ननीबाबुहरुले सम्झाए। त्यसबेला म प्रधानमन्त्री थिएँ । आज उनीहरूले फिल्ममा पनि मैले प्रधानमन्त्रीको भूमिकामा अभिनय गर्नु पर्छ भन्ने प्रस्ताव राखे। मैले स्वीकृति जनाएको छु।
फिल्म निर्माणले सफलता पाओस्।’
तत्कालिन प्रधानमन्त्री के.पी शर्मा ओली रहेको बेला तेजाब आक्रमणजस्तो मानवता विरोधी अपराध नियन्त्रण गर्न कानून आएको स्मरण गर्दै फिल्ममा पनि प्रधानमन्त्रीको भूमिकामा अभिनय लागिएको जनाइएको छ ।
तेजाव आक्रमण सम्बन्धी महत्वपूर्ण कानून तत्कालिन कानुन मन्त्रालयमा कानुन मन्त्रीका रुपमा अग्नी खरेल रहेको र खास गरि उहाँकै विशेष पहलमा सो कानुन निर्माण भएको र सो कानुनले हजारौं पीडितहरुले न्याय पाएका कानुन मन्त्रालयका एक कर्मचारीले बताएका छन ।
नेपालमा चर्चित रहेको नेपाल अफ रुटिन बन्द पेजले समेत तत्कालिन रुपमा सो कानुन निर्माणमा अग्नी खरेलको भूमिकालाई लिएर धन्यवाद दिएको थियो ।
