Close

Recent Posts

परराष्ट्र–श्रम मन्त्रालयको संरक्षणमा जापानको व्यक्तिगत भिसामा कन्सल्टेन्सी–म्यानपावरकै ठगि, श्रम सम्झौताको उपहास

परराष्ट्र–श्रम मन्त्रालयको संरक्षणमा जापानको व्यक्तिगत भिसामा कन्सल्टेन्सी–म्यानपावरकै ठगि, श्रम सम्झौताको उपहास

फिल्म ‘दुःखी आत्मा’मा दयाहाङको जोडी आँचल

फिल्म ‘दुःखी आत्मा’मा दयाहाङको जोडी आँचल
  • १५ माघ २०८०, सोमबार १५:५६

इटहरी ।निर्देशक दीपेन्द्र लामाको नयाँ फिल्म ‘दुःखी आत्मा’को शीर्ष नायिका को होला भन्ने कौतुहलता मेटिएको छ । निर्माता कम्पनी क्लक वर्क क्रियसनले अभिनेत्रीमा आँचल शर्मालाई अनुबन्धित गरेको छ ।

mulpatra

कथाको मागअनुसार आँचललाई लिइएको निर्देशक लामाले बताए । अभिनेता दयाहाङ राई यसअघि नै अनुबन्धित भइसकेको फिल्मको निर्माता हिमाल कडरिया हुन् ।

निर्देशक लामा र निर्माता कडरियाले यसअघि निर्माण गरेको ‘नाङ्गो गाउँ’ सुपरहिट भएको थियो । ‘दुःखी आत्मा’ उनीहरुको दोस्रो सहकार्य हो । यसपछि यही टिमले तेस्रो सहकार्यस्वरुप ‘नाङ्गो गाउँ २’ निर्माण गर्ने घोषणा गरिसकेको छ ।