नेपाल मुद्रण उद्योग संघ बाँकेको अध्यक्षमा पौडेल सर्बसम्मत

नेपाल मुद्रण उद्योग संघ बाँकेको अध्यक्षमा पौडेल सर्बसम्मत
  • १७ माघ २०८०, बुधबार ०२:००

नेपालगञ्ज । नेपाल मुद्रण उद्योग बाँकेको छैठौँ अधिवेशन सोमबार गाभर भ्याली पार्कमा सम्पन्न भयो । अधिवेशनले नेपाल मुद्रण उद्योग संघ बाँकेको अध्यक्षमा पुन बिनोद पौडेल सर्बसम्मत निर्वाचित गरेको छ ।

mulpatra

सोमवार भएको संघको छैठौं अधिवेशनले पौडेललाई दोस्रो कार्यकालका लागि अध्यक्ष चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा बिधान न्यौपाने, सचिवमा नोखराज रावत, सहसचिवमा हरी प्रसाद ज्ञवाली, कोषाध्यक्षमा मोहमद वाहाव खान, सहकोषाध्यक्षमा ढकबहादुर थारु निर्वाचित भएका छन् । त्यस्तै सदस्यमा केशव उपाध्याय, चन्द्र कंडेल, डिल्लीरमन ओली, महेश ज्ञवाली, मोहमद आवेश खान रहेका छन् ।

पूणर्लाल चुकेको संयोजकत्वमा बनेको निर्वाचन समितिले नयाँ कार्यसमिति घोषणा गरेको हो । अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उद्योगी, व्यवसायीहरुले आर्थिक संकटका बारेमा सरकारको ध्यानार्कषण गराए । आर्थिक संकटले मुद्रण उद्योगमा परेको मर्काका बारेमा चर्चा गर्दै उनीहरुले मुद्रण उद्योगलाई चलायमान बनाउन नीति आवश्यक रहेको निष्कर्ष निकालिएको थियो ।

mulpatra mulpatra mulpatra

नेपाल मुद्रण उद्योग संघ बाँकेका अध्यक्ष विनोद पौडेलको अध्यक्षतामा सम्पन्न सो अधिवेशनको नेपाल मुद्रण उद्योग महासंघका केन्द्रीय सहसचिव मिना सुवेदी ढकाल, प्रमुख आतिथ्यता, महासंघका केन्द्रीय सदस्य चण्डी प्रसाद गैरे, मुद्रण संघ बाँकेका संस्थापक अध्यक्ष ज्योति लाल भण्डारी, मुद्रण संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष पूणर्लाल चुके लगायत बाँके जिल्लाका सम्पूणर् मुद्रण व्यवसायीहरूको उपस्थिति रहेको थियो । बन्दसत्रमा प्रस्तुत लेखा तथा सांगठनिक प्रतिवेदन सर्बसम्मतरुपमा पारित भएको थियो ।