कांग्रेस सांसदले उपत्यका बाहिर जाँदा अनुमति लिनु पर्ने

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका सांसदहरूलाई काठमाडौं नछाड्न निर्देशन दिएको छ ।
संसद्को हिउँदे अधिवेशनबारे छलफल गर्न आज बसेको संसदीय दलको बैठकले अधिवेशन चल्दासम्म राजधानी नछाड्न निर्देशन दिइएको पार्टीका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । जानैपर्ने भए मुख्य सचेतकको लिखित अनुमति लिनुपर्ने उनको भनाइ छ ।