देउवाले तोके महासमिति बैठक तयारी गर्न ८ उपसमिति संयोजक

देउवाले तोके महासमिति बैठक तयारी गर्न ८ उपसमिति संयोजक
  • २१ माघ २०८०, आईतवार १३:५२

काठमाडौंः महासमिति बैठक तयारीका लागि सभापति शेरबहादुर देउवाले आठ वटा उपसमिति संयोजक तोकेका छन्।

mulpatra

महासमिति बैठक तयारी मूल समितिका संयोजकसमेत रहेका सभापति देउवाले ८ वटा उपसमिति संयोजक तोकेका हुन्।

फागुन ७ गतेदेखि १० गतेसम्म बस्ने कांग्रेस महासमिति बैठकमा कांग्रेसले पार्टीको आगामी नीति तय गर्नेछ।

mulpatra mulpatra mulpatra

प्रचारप्रसार उपसमिति संयोजकमा मीनबहादुर विश्वकर्मा, आवास समन्वयमा मदनबहादुर अमात्य, भोजन व्यवस्थापनमा उदयशमशेर राणा, यातायात व्यवस्थापनमा धना खतिवडालाई संयोजक तोकिएको हो।
स्वयमसेवक परिचालनमा जितजंग बस्नेत, स्वास्थ्य समन्वयतर्फ उर्मिला नेपाल केसी, प्रदेश समन्वय उपसमितिमा बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र स्थानीय व्यवस्थापनतर्फ ललितपुर कांग्रेस सभापति जितेन्द्र श्रेष्ठलाई जिम्मेवारी दिइएको हो।