सूर्यदर्शन पीडितले दिए रवि लामिछाने र दीपेश पुनमाथि उजुरी

काठमाडौँ । सहकारीको रकम हिनामिना प्रकरणसँग जोडेर सूर्यदर्शन बचत तथा ऋण सहकारीका पीडितले रवि लामिछाने र दीपेश पुन विरुद्ध पनि अनुसन्धान गर्न प्रहरीमा जाहेरी दिएका छन् । पोखरा उपमहानगरपालिका वडा नम्बर–५ स्थित सूर्यदर्शन सहकारी समस्याग्रस्त हुन त्यसको रकम हिनामिना कारण रहेको र सो रकम हिनामिनामा लामिछाने र पुन पनि संलग्न रहेको पीडितको जिकिर छ ।
पत्रकार हुँदै राजनीतिमा आएका रवि लामिछाने पूर्व उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति हुन् भने दीपेश पुन माओवादी केन्द्र निकट विद्यार्थी संगठनका नेता हुन् ।