पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन माग

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन माग
  • २३ माघ २०८०, मंगलवार ११:३२

काठमाडौ । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले उपकुलपति छनोटका लागि दरखास्त् आव्हान गरेको छ । शिक्षा मन्त्री संयोजक,  राष्ट्रिय योजना आयोगका सदस्य रमेशचन्द्र पौडेल र  शिक्षा सचिव सुरश अधिकारी सदस्य भएको छनोट समितिले आवेदन माग गरेको छ । 

mulpatra

समितिले विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति पदमा नियुक्तिका नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिबाट मिति माघ २२ गते स्वीकृत पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८० बमोजिम दरखास्त आह्वान गरिएको हो ।

इच्छुक तथा योग्य व्यक्तिले नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा रहेको कार्यविधिमा उल्लेखित कागजात सहित अनुसूचीमा रहेको दरखास्त ढाँचामा आवेदन दिनु पर्ने सूचनामा उल्लेख छ ।

mulpatra mulpatra mulpatra

आवेदकले सूच्ना प्रकशित भएको मितिले पन्ध्र दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबारमा कार्यालय समयमा दरखास्त पेस गर्नुपर्ने सूचनामा उल्लेख छ ।

वर्तमान उपकुलपति प्राडा यादवराज कोइरालालाई तत्कालीन प्रधानमन्त्रीले २०७६ फागुन १९ गते नियुक्त गरेका थिए । प्राडा कोइरालाको पदावधि फागुन १९ गते सकिँदैछ ।

उनीसंगै नियुक्त भएका मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहको पदावधि पनि सोही दिन समाप्त हुँदै छ ।

Image Source: © https://mulpatra.com

गत कार्तिक १७ गते तत्कालीन उपकुलपति प्राडा धर्मकान्त बास्कोटाको कार्यकाल सकिएको थियो । त्रिविको रिक्त उपकुलपति पदका लागि छनोट समितिले दुई पटक दरखास्त आव्हान गरिसकेको छ । दोस्रो पटक मापदण्ड परिवर्तन गरी गरिएको विज्ञापनमा ४३ जनाले आवेदन दिएका छन् । तर त्रिविको उपकुलपति छनोट समितिले अहिलेसम्म सर्टलिष्ट सार्वजनिक गर्न सकेको छैन ।