प्रसाईको वर्षः लोकतन्त्रलाई चुनौती, राजनीतिक दल डराए

प्रसाईको वर्षः लोकतन्त्रलाई चुनौती, राजनीतिक दल डराए
  • २९ माघ २०८०, सोमबार १२:२०

काठमाडौं–दुर्गा प्रसाई नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ एक वर्ष पुगेको छ। यो महाअभियानमा सर्वसाधारणको सहभागिता दैनिक बढर्दै गएको छ। प्रसाईले भोली काठमाडौंको भृकुटीमण्डपमा कार्यक्रम गदै छ।

उनको कार्यक्रममा ६० हजारभन्दा बढी सर्वसाधारण भेला हुने प्रक्षेपण प्रहरीले गरेको छ। भने, त्यही अनुसार सुरक्षा पनि मिलाएको प्रहरी स्रोतले जनाएको छ। तर एक लाखभन्दा बढीका सर्वसाधारण कार्यक्रम सहभागि हुने अनुमान गरिएको छ। नेपालका बैंकहरुले सर्वसाधारण जनतामाथि गरेको शोषण, दमन र उत्पीडनका विरुद्धमा प्रसाईले एक वर्षयता आवाज उठाउँदै आएका छन्।

प्रसाईले हिन्दु राज्य कायम गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने, लघुवित्त आतंक, आर्थिक संकटका कारण आत्महत्या गर्नुपर्ने अवस्था, बैंक तथा वित्तीय संस्थाको चर्को व्याजको अन्त्य हुनुपर्ने लगायतका एजेण्डा राखेर आन्दोलन सुरु गरेका थिए। उनको यो आन्दोलन थालेको एक वर्ष पुगेको छ।

देशका विभिन्न स्थानमा भएका आमसभाहरु आम नागरिकको सहभागित समेत राम्रो देखिन थालेको छ। प्रसाईले सुरु गरेको आन्दोलनमा पछिल्लो समय ठुलो संख्यामा सर्वसाधारण सहभागिता बढ्न थालेको उनको सचिवालयले जनाएको छ।

प्रसाईले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज पारस शाहलाई मञ्चमा राखेर आफ्नो नयाँ अभियान सुरू गरेका छन्।काँकडभिट्टाको मेची पुलबाट सोमबार दिउँसो राजपरिवारका अन्य सदस्यहरूको पनि उपस्थितिमा प्रसाईंले नागरिक बचाउ महाअभियान सुरू गरेका हुन्।

पुर्व राजा ज्ञानेन्द्र शाहलाई मञ्चमा राखेर झापाबाट सुरु भएको आन्दोलन भैरहवालगायतका देशका बिभिन्न ठाउँमा सम्पन्न भएर काठमाडौं आईपुगेको छ। प्रसाईले गत मंसिरमा गरेको आन्दोलनले लोकतन्त्रमाथि नै चुनाती देखिएको थियो। भने नेकपा एमाले, राश्वपार राप्रपा र अन्य दल पनि प्रसाईको महाअभियानसँग डराएका थिए।

प्रसाईको आन्दोलन रोक्न सबै राजनीतिक दल अहिले सत्रिय भएका छन्। भने उनको महाअभियानले लोकतन्त्रमा तरङनै ल्याएको छ। उनको महाअभियान रोक्न धेरै प्रयास पनि भएका छन्। प्रसाईले पछिल्लो समय उठाउँदै आएको एजेन्डामा राप्रपाले समर्थन गरेको छ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र व्यवसायी प्रसाईबीचको भेटमा प्रसाईका एजेन्डालाई समर्थन गर्ने जनाएका थिए। पछिल्लो समय प्रसाईले बैंक ऋण मिनाहा गर्नुपर्ने र राजासहितको हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग राख्दै आएका छन्।

लिङदेनले जस्तै राप्रपा अध्यक्ष कमल थापाले पनि प्रसाईको समर्थनमा आएका छन्। उनीहरुले भोली हुने प्रसाईको कार्यक्रममा नैतिक समर्थन जनाएका छन्। राष्ट्रवादी आन्दोलन भएका कारण राप्रपाले आफनो कार्यक्रममा समर्थन गरेको हो। हामीले आन्दोलनका लागि मात्र सहकार्य भएको प्रसाईले बताएका छन्।

बैंकको उच्च ब्याजदर एक बिन्दुमा ल्याउनु पर्ने माग र धितो लिलामी गर्न नपाउने तथा पत्रपत्रिकामा फोटो राख्न नपाउने माग राख्दै सडक आन्दोलनमा रहेका व्यवसायीहरुलाई सरकारले वास्ता नगरेको विषयमा समेत आवाज उठाउँदै आएका छन्। अहिले प्रसाईको लाइनमा बैंकहरुले ब्याजदर घटाउन थालेका छन्। भने उनले महाअभियानमा उठाउँदै आएका आवाज अहिले पुग्र्दैछन्। प्रसाईले जनताको मन पनि जित्न थालेका छन्।

जघन्य अपराघमा संलग्न बैंक तथाबित्तीय संस्थाहरु र तिनका प्रमुखहरु तथा गरिब नागरीकहरुलाई शोषण गर्ने ति विदेशि मुलका ५५ जनाबिचौलिया, भ्रष्ट, दलाल ब्यपारीहरुलाई हदैसम्मको कार्वाही गर्न सरकार माग महाअभियानले गरेको छ।

उनले सरकार र राष्ट्र बैंकले ५५ जना व्यवसायीका पक्षमा जथाभावी गरेको तर आफूले पवित्र मनले सेवा गर्छु भन्दा अनेक दुःख दिएको आरोप लगाएका हुन्। विगत केही वर्षयता सरकारभित्र एउटा समूह र बैकले मिलेर आफूलाई अप्ठ्यारोमा पार्न अनेक प्रयास गरेको आरोप उनले लगाए।

पहुँचवाला उद्योगी व्यवसायीहरुले मनपरी गरेको, राज्यका नीतिले नछोएको र राज्यले संधै उपेक्षा वास्तविक मारमा परेका व्यवसायीलाई गरिरहेको उनको दाबी छ ।

बैंक लघु बित्त र सहकारीहरुको चक्रवर्ती ब्याजमा परेर आज सम्म धरै नागरिकहरुले रुखमा डोरीको पासो लगाई झुण्डिने, शारिरमा पेट्रोल खन्याई आगो लगाउने , बिष सेवन गर्ने जस्ताकार्य गरी आत्महत्या गर्न बिवश भएका छन्। लाखौँ नागरीकहरुले अत्माहत्या गर्नुपर्ने सिर्जना भइरहेको आवाज उठाउँदै आएका छन्।