प्रसाईको कार्यक्रममा ७० हजार बढी सहभागी, राप्रपापनि उनकै लाइनमा

प्रसाईको कार्यक्रममा ७० हजार बढी सहभागी, राप्रपापनि उनकै लाइनमा
  • १ फाल्गुन २०८०, मंगलवार ११:४३

काठमाडौंं– दुर्गा प्रसाईं नेतृत्वको समूहले काठमाडौँको भृकृटीमण्डपमा विशेष कार्यक्रम आयोजना भएको छ।

mulpatra

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान, नेपालको नाममा प्रसाईं भृकुटीमण्डमा ७० हजारभन्दा बढी समर्थक उतारेको प्रहरीको अनुमान छ। प्रहरीका अनुसार प्रसाईको कार्यक्रममा ७० हजार सर्वसाधारण भेला भएका थिए। उनको कार्यक्तम शन्तिपुर्वक सम्पन्न भएको छ।

राजधानीमा आयोजित सभामा मानिसहरुको उल्लेख्य उपस्थिति रहेको थियो। देशमा राजा नहुँदा शीरमा टोपी नभए जस्तो भएको प्रसाईले कार्यक्रमलाई सम्बोधन गर्दै बताएका थिए। उनका अनुसार देशमा राजाको आवश्यकता देखियो। अब जनताले राजतन्त्र चाहेको उनको दाबी छ। देश भष्ट्रचारीले सके। अब राजा चाहिँन्छ भनेर जनताले माग गरेका छन्। अब जनतामैत्री राजतन्त्र ल्याउनुपर्ने उनको भनाइ थियो।

mulpatra mulpatra mulpatra

यसैबीच प्रसाईंको अभियानलाई राप्रपाले पनि नैतिक समर्थन गरेको छ। यति मात्र होइन प्रसाईंसँग वार्ता गर्न टोलीसमेत निर्माण गरिएको छ। प्रसाईं राजसंस्था, गणतन्त्र खारेजी, हिन्दू धर्मलगायतका विषय राखेर प्रदर्शन गरेका थिए।

प्रसाईंले बैंक तथा लघुवित्तका ऋण मिनाहा माग गर्दै बैंक पीडितको पक्षमा आन्दोलन गर्दै आएका छन्। २० लाख रूपैयाँभन्दा सानो सबै ऋण माफ गर्नुपर्ने उनको माग छ। ्

प्रसाईंले राजसंस्था फर्काउने भन्दै आन्दोलनसमेत गर्दै आएका छन्। उनले पटक(पटक पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटेका थिए। महाअभियान सुरू गरेको एक वर्ष पुगेका दिन मंगलबार पनि पूर्वराजा शाहलाई प्रसाईंले कार्यक्रममा बोलाएका थिए तर पूर्वराजा शाह चितवनमा रहेकोले आएनन्।

Image Source: © https://mulpatra.com

उनले आन्दोलनमा आफूहरुले २०४७ सालको संविधान लागू गर्नुपर्ने, हिन्दु राष्ट्र कायम गर्नुपर्ने, कर्मचारी र तल्लो तहका सुरक्षाकर्मीहरुको मासिक तलव कम्तिमा १ लाख ५० हजार पुर्याउनुपर्ने लगायतका १५ बूँदे माग राख्र्दै आएका छन्।

कैदी–बन्दीहरुलाई जेलमुक्त गराई जेलहरुलाई श्रम शिविरमा रुपान्तरण गर्नुपर्ने, उच्च शिक्षा हासिल गर्न विदेश जानेहरुलाई यहीँ पढ्ने वातावरण बनाउनुपर्ने, बेरोजगार युवाहरुलाई बिना धितो ऋण उपलब्ध गराई रोजगारी सृजना गर्नुपर्ने लगायतका माग पनि सरकार समक्ष माग राखेर आन्दोलनमा होमिएका छन्।