Close

Recent Posts

प्रसाई लोकप्रियतामा राप्रपाको डाहा, फेरी राजतन्त्र र हिन्दु राष्ट्रको भ्रमित आन्दोलन

प्रसाई लोकप्रियतामा राप्रपाको डाहा, फेरी राजतन्त्र र हिन्दु राष्ट्रको भ्रमित आन्दोलन
  • ३ फाल्गुन २०८०, बिहीबार १०:४९

काठमाडौं– पछिल्लो समय मेडिकल व्यवसायी दुर्गा प्रसाईको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले सर्वसाधारणको मन जित्न थालेको छ। प्रसाईले देशव्यापी रुपमा गर्दै आएको विभिन्न कार्यक्रममा आम नागरिकको सहभागि बलियोसँगै विश्वास पनि बढ्न थालेको छ।

mulpatra

फागुन १ गते महाअभियानको ‘वार्षिक उत्सव’ कार्यक्रम भृकुटीमण्डपमा ७० हजारभन्दा बढी नागरिक भेला भएका थिए। भने गत मंसिर ७ गते भएको शक्ति प्रदर्शनमा समेत ८० हजारभन्दा बढी सर्वसाधारण आन्दोलनमा सहभागि भएको प्रहरीले जनाएको छ।

फागुन १ गतेको कार्यक्रममा रष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानका नाममा कार्यक्रम गर्दै आएका प्रसाईंसँग सहकार्य गर्न भनेको थिए। राप्रपाले प्रसाईको हरेक कार्यक्रममा सहकार्य गर्ने भनेपनि राप्रपा नेकपा एमालेको लहैलहैमा प्रसाईसँग नक्कली एकता गर्न खोजेको पाइन्छ।

प्रसाईंले सोमबार अध्यक्ष लिङ्देनसँग भक्तपुरस्थित सोही रिसोर्टमा भेटेका थिए। प्रसाईंको महाअभियानलाई राप्रपाका अध्यक्ष लिङ्देनसहित नेताहरूसँग समर्थन गर्न बताएका थिए।

राप्रपाका नेताहरु उपस्थित नभएपनि महामन्त्री धवशम्शेर राणाले आफ्ना कार्यकर्तालाई भृकुटीमण्डपमा हुने प्रसाईंको कार्यक्रममा जान पनि अपिल गरेका थिए। तर राप्रपा अध्यक्ष लिङ्देन भने प्रसाईसँग वार्ता गरे लगत्तै एमाले अध्यक्ष केपी ओलीलाई भेट्न वालकोट पुगेका थिए। राप्रपाले भनेजस्तो राप्रपाका कार्यकर्ता प्रसाईको कार्यक्रममा सहभागि भएन। उल्टो प्रसाईको कार्यक्रम विथोल्न लिङ्देन एमालेको भनाइको पछि लागेको देखिन्छ।

गत मंसिर ७ र फागुन १ मा प्रसाईको माहोल देखेर राप्रपाले पनि राजतन्त्र फकाउन र हिन्दु राज्यका लागि आन्दोलन गर्ने भएको छ। आन्दोलनका लागि राप्रपाले प्रधानमन्त्री पुष्पकलम दाहाललाई २२ बुँद्धे माग राख्दै आन्दोलनको तयारीमा लागेको छ।

राप्रपाका कार्यकर्ता जोगाउन मुश्किल पर्ने देखेपछि अध्यक्ष लिङ्देन अहिले बालकोट धाउन थालेका छन्। एमाले अध्यक्ष ओलीको निर्देशनमा लिङ्देन आन्दोलनको तयारीमा लागेको राप्रपा स्रोतको भनाइ छ। राप्रपाभित्र पनि आन्दोलनको दुई धार छ। त्यही भएर अहिले लिङ्देन घेराबन्दीमा परेका कारण आन्दोलनको कार्ड फयालेको राप्रपाभित्र बहस भइरहेकको छ।

प्रसाईले भने राप्रपाको आन्दोलन एमालेलाई सत्तामा ल्याउन र ओलीलाई प्रधानमन्त्री बनाउनका लागि हुन लागेको आरोप लगाएका छन्। राप्रपा अध्यक्ष लिङ्देन ओलीले टिका लगाएर ससंद हुँदै आएका छन्। जसका कारण उनले राजसंस्था र हिन्दु राज्यका लागि भन्दा ओलीका लागि आन्दोलन गर्ने राप्रपाकै नेताहरु बताउँछन्।

‘राप्रपाले गर्न लागेको आन्दोलन न त राजसंस्था ल्याउनका लागि हो, न त हिन्दुअधिराज्य स्थापनाका लागि हो, न त सर्बहारा बर्ग र भुइँ–मान्छेका लागि नै हो,न त ?
ब्यापारिक बर्गको गाँस बास कपासको एजेन्डा स्थापना गर्न वा उनिहरुको उद्धार गर्नका लागि हो। राप्रपाको आन्दोलन त केवल प्रचण्ड सरकार ढालेर केपी ओलीलाई स्थापित गर्न र आफू पनि सत्तामा गएर रजगज गर्ने खेल मात्र हो।’ प्रसाईले फेसबुक स्टाटसमा लेखेका छन्।

एमाले आफनो महाअभियान विथोल्न भए भरको शक्ति प्रयोथ गरेपनि सकेन। त्यही भएर अहिले राप्रपा प्रयोग गर्न थालेको प्रसाईको आरोप छ। ओलीले सरकार परिवर्तन गर्ने चलखेलमा राप्रपालाई उचाल्न लागेका प्रसाईले बताए।

‘मेरो महाअभियान राजतन्त्र र हिन्दु राज्यका लागि मात्र होइन। बैंक पीडित, सहकारीबाट पल्सिएका जनता, घरवार विहनि, बेरोजगारी युृवा, विदेशमा बेचिएका नेपाली, राजनीतिक दमनमा परेको नागरिक, हिन्दुत्व गुमाएका नेपाली र राष्ट्रवादी हो।’ उनले भने। मैले देश बनाउन नयाँ मोडल बोकेर महाअभियानमा आएको हुँ। यो सामान्य नठान्न उनको आग्रह छ।

विकासका लागि पैसा भन्दा ठुलो जनताको आवश्यक पर्छ। अहिले देशमा जनता छैन। त्यही भएर विकासभन्दा पनि बढी ठगि भएको छ। यस्तो समस्या समाधान गर्न महाअभियानमा होमिएको प्रसाईको दाबी छ।

नेपालको पैसा विदेशी लुट्न थाले। अहिले सरकारसँग पैसा छैन। पैसा जति केही मारवाडीले कब्जा गरेका कारण देश कंगाल हुँदै गएको प्रसाईको भनाइ छ। प्रसाईंले राजसंस्था फर्काउने भन्दै आन्दोलनसमेत गर्दै आएका छन्। उनले पटक–पटक पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटेका छन्। प्रसाईलाई राजाले एक्लै भेटर्दै आएका छन्।