Close

Recent Posts

प्रसाई चर्चा बढेसँगै, राप्रपा जनमत जोगाउन आन्दोलनकाे भ्रम छर्दै

प्रसाई चर्चा बढेसँगै, राप्रपा जनमत जोगाउन आन्दोलनकाे भ्रम छर्दै
  • ४ फाल्गुन २०८०, शुक्रबार ११:१७

काठमाडौं– पछिल्लो समय मेडिकल व्यवसायी दुर्गा प्रसाईको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को चर्चा चौतर्फी भइरहेको छ। उनको महाअभियानको चर्चा अहिले भारत, अमेरिका र चीनलगायतका शक्ति राष्ट्रमा पनि भइरहेको छ।

mulpatra

प्रसाईले गत वर्ष थालेको महाअभियानमा शक्ति राष्ट्रसँगै देशभित्र माहोल बढेसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आत्तिएर आन्दोलनको तयारीमा जुटेको छ। प्रसाईको पक्षमा माहोल देखेपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन धेरै अत्तालिएका छन्। राप्रपाका एक नेताका अनुसार पछिल्लो समय लिङ्देनलाई अहिले के गरु, कसो गरेर आफनो जनमत जोगाउ भन्ने आतुर छ। उनले आफनो हातबाट राप्रपाको जनमत गुमे आफु संकटमा पर्ने बुझेका कारण आत्तिएको राप्रपा स्रोतले जानकारी दियो।

राप्रपाका धेरै जिल्लास्तरका नेता–कार्यकर्ता प्रसाईको महाअभियानमा छिर्न समय कुरेर बसेका छन्। राप्रपा लोकतन्त्रवादी पार्टी र एमालेको पुच्छर भएको आरोप आफनै पार्टीभित्र उठेपछि लिङ्देन अप्ठयारोमा परेको राप्रपाकै नेताहरु बताउँछन्।

यही फागुन १ गते महाअभियानको ‘वार्षिक उत्सव’ कार्यक्रम भृकुटीमण्डपमा ७० हजारभन्दा बढी नागरिक भेला भएका थिए। भने गत मंसिर ७ गते भएको शक्ति प्रदर्शनमा समेत ८० हजारभन्दा बढी सर्वसाधारण आन्दोलनमा सहभागि भएको प्रहरीले जनाएको छ।

फागुन १ गतेको कार्यक्रममा रष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानका नाममा कार्यक्रम गर्दै आएका प्रसाईंसँग सहकार्य गर्न भनेको थिए। राप्रपाले प्रसाईको हरेक कार्यक्रममा सहकार्य गर्ने भनेपनि राप्रपा नेकपा एमालेको लहैलहैमा प्रसाईसँग नक्कली एकता गर्न खोजेको पाइन्छ।

गत मंसिर ७ र फागुन १ मा प्रसाईको माहोल देखेर राप्रपाले पनि राजतन्त्र फकाउन र हिन्दु राज्यका लागि आन्दोलन भ्रम फैलाउन थालेपनि जनताले विश्वास गरेका छैन। आन्दोलनका लागि राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई २२ बुँद्धे मागपत्र बुझाउने तयारी गरिरहेको छ।

प्रसाईले आफनो आन्दोलन जनताका पक्षमा भएका कारण अरुले के गर्छन् मतलब नभएको बताएका छन्। जनताका लागि लडेको हुँ। अरुले के भन्छन् कसरी विरोध गर्छन। त्यसको पछि नलागेको बताए।

राप्रपाभित्र पनि आन्दोलन गर्ने विषयमा दुई धार छ। त्यही भएर अहिले लिङ्देन घेराबन्दीमा परेका कारण आन्दोलनको कार्ड फयालेको राप्रपाभित्र बहस भइरहेकको छ। राप्रपाभित्र उनलाई अप्ठयारो परेका कारण प्रसाईसँग साथ लिन खोजेका थिए। तर प्रसाईले पनि उनलाई विश्वास गरेनन्।

प्रसाईले भने राप्रपाको आन्दोलन एमालेलाई सत्तामा ल्याउन र ओलीलाई प्रधानमन्त्री बनाउनका लागि हुन लागेको आरोप लगाएका छन्। राप्रपा अध्यक्ष लिङ्देन ओलीले टिका लगाएर ससंद हुँदै आएका छन्। जसका कारण उनले राजसंस्था र हिन्दु राज्यका लागि भन्दा ओलीका लागि धेरै चाक्करी गर्न आन्दोलन गर्ने प्रसाईको बुझाई छ।

राप्रपाका कार्यकर्ता जोगाउन मुश्किल हुन थालेपछि लिङ्देन अहिले बालकोट धाउन थालेका छन्। एमाले अध्यक्ष केपी ओलीको निर्देशनमा लिङ्देन आन्दोलनका भ्रम फैलाउन लागेको राप्रपाकै नेताहरुको भनाइ छ।