प्रसाईकै लाइनमा कांग्रेस, कोइरालाले हिन्दु राष्ट्रका पक्षमा हस्ताक्षर गरे

प्रसाईकै लाइनमा कांग्रेस, कोइरालाले हिन्दु राष्ट्रका पक्षमा हस्ताक्षर गरे
  • ८ फाल्गुन २०८०, मंगलवार ०५:४०

काठमाडौं–नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा.शशांक कोइरालाले हिन्दु राष्ट्र महाअभियानमा हस्ताक्षर गरेका छन्। कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी नेतृत्वमा हिन्दु राष्ट्र नेपाल स्थापना महाअभियान महासमिति सदस्यहरूको हस्ताक्षर संकलन केन्द्रमा मंगलबार कोइरालाले हस्ताक्षर गरेका हुन्।

mulpatra

हिन्दु राष्ट्र नेपाल स्थापना महाअभियानमा मेडिकल व्यवसायी दुर्गा प्रसाईले एक वर्षयता यो एजेन्डा उठाउँदै आएका थिए। उनले गत वर्षदेखि उठाएका एजेन्डामा कांग्रेस पनि उभिएको छ। प्रसाईले हिन्दु राष्ट्र नेपाल स्थापना महाअभियानमा अहिले देशभरबाट करिब १६ लाख नागरिक जोडिएका छन्।

यसैगरी अर्का पूर्वमहामन्त्री एवम् पूर्वसभामुख तारानाथ रानाभाटले पनि अभियानमा हस्ताक्षर गरेका छन्। महासमिति सदस्यहरूले बैठकको सभा हल अगाडि ‘धर्म निरपेक्ष राष्ट्र खारेज गरेर धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दु राष्ट्र नेपाल’ को पक्षमा हस्ताक्षर महाअभियान चलाएका छन्।

mulpatra mulpatra mulpatra

हस्ताक्षर संकलन केन्द्रमा रहेका कांग्रेस काठमाडौँका महाधिवेशन प्रतिनिधि दिवस ढुंगेलका अनुसार अहिलेसम्म ३१ जना केन्द्रीय सदस्य र ४०० जना महासमिति सदस्यले महाअभियानमा हस्ताक्षर गरिसकेका छन्। हस्ताक्षर अभियान बैठक अवधिभर सञ्चालन गरेर महासमिति बैठकमा प्रस्तावका रूपमा पेस गरिने महाअभियानका सहसंयोजक एवम् प्रवक्ता लोकेश ढकालले बताए।