प्रचण्ड र देउवा एमालेलाई प्रलोभन देखाएर झुक्याउन खोज्दैछन्

प्रचण्ड र देउवा एमालेलाई प्रलोभन देखाएर झुक्याउन खोज्दैछन्
  • ८ फाल्गुन २०८०, मंगलवार ११:३२

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिद्धान्त र नीति छाडेर मिल्छौ भन्दै प्रलोभन देखाएर बताएका छन् ।

mulpatra

पार्टी कार्यालय च्यासलमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्ड र देउवाले कुनैपनि हालतमा गर्छौ भनेको काम नगरेको र असभंव काम गर्न खोजेर प्रलोभनमा पार्ने प्रयास गरेपनि एमाले त्यस्तो प्रलोभनमा नपर्ने बताएका हुन् ।

उनले भने, ‘उहाँहरुको योजना के भने हामीलाई चक्लेट, ललिपप देखाउने र सिद्धान्त छोडेर मिल्छौ भन्ने हो । उहाँहरुको एउटा खेल देखाउनुभयो र अन्तिममा नसकिने कुरा गर्नुभयो । प्रचण्ड र देउवाले कुनै पनि हालतमा गर्छौं भनेको कुरा नसकिने खालको कुरा राख्नुभयो ।’

राष्ट्रिय सभाको निर्वाचनलाई लिएर एमालेलाई बद्नाम गर्न खोजेको पनि उनको भनाई छ । उनले भने, ‘राष्ट्रिय सभाको निर्वाचनमा हाम्रा विरुद्ध दुईवटा कुरा चर्चा गर्न योग्य छन् । यस क्रममा हामीलाई बद्नाम गर्न खोजियो । सिट मागेको भनेर हल्ला गर्नुभयो । एमालेले सिट लेनदेन गर्न खोजेको छ । सिट मागिरहेका छ भनेर हामीलाई बद्नाम गर्न खोज्नुभयो । जुन कुरा गलत थियो र उचित थिएन् ।’

सरकारले एमालेसँग राष्ट्रिय सभा निर्वाचनमा मिलेर जाऔं भन्ने प्रस्ताव गरेको अध्यक्ष ओलीले बताए । कांग्रेसका सभापतिसँग पनि परामर्श गरेर लोकतन्त्रलाई सुदृढ बनाउन आधारभूत रूपमा मिलेर जानुपर्छ भन्नुभयो । त्यसलाई अस्वीकार नगरेपनि हामीलाई विश्वास थिएन ।