कांग्रेसलाई हिन्दुराज्यका पक्षमा जनमत संग्रह गरेर देखाउन प्रसाईको चेतावनी
काठमाडौं–मेडिकल व्यवसायी दुर्गा प्रसाई नेपाली कांग्रेससँग हिम्मत भए अवथा हिन्दुराष्ट्रको माँया भए जनमत संग्रह गरेर देखाउन चुनौती दिएका छन्।
उनको नेतृत्वका ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले एक वर्षयता धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताको विरोध गर्दै आएको छ। प्रसाईकै नेतृत्वमा गत वर्षको फागुनदेखि राष्ट्रवादी आन्दोलनबाट हिन्दुराज्यको माग समेत गर्दै आएका छन्।

उनका पक्षमा उर्लिएको जनतम देखेर कांग्रेस र एमालेपनि हिन्दुराज्यका पक्षमा उभिन थालेका छन्।
प्रसाईकै लाइनमा नेपाली कांग्रेसले पनि पार्टी महासमिति बैठकमा प्रस्ताव गरेको छ। नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले हिन्दु राष्ट्र महाअभियानमा हस्ताक्षर गरेका छन्। कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी नेतृत्वमा हिन्दु राष्ट्र नेपाल स्थापना महाअभियान महासमिति सदस्यहरूको हस्ताक्षर संकलन केन्द्रमा मंगलबार कोइरालाले हस्ताक्षर गरेका हुन्।
![]() |
![]() |
![]() |
|---|
प्रसाईले १७ वर्षसम्म हिन्दु राज्यका पक्षमा केही बोल्न र केही गर्ने नसकेको कांग्रेसले अहिले हिन्दुत्वको नारा ल्याएर जनता झुक्याउन र भोटका लागि भ्रम फैलाउन लागेको आरोप समेत लगाएका छन्।
हिन्दु राज्यका पक्षमा आफुले आवाज उठाएपछि माहोल बनेको देखेर कांग्रेस आत्तिएको उनले बताए। ‘कांग्रेसलाई हिन्दु राज्यको मायाँ भए यसको पक्षमा जनमत संग्रहमा जाहोस। १७ वर्ष अगाडी हिन्दु राज्यभन्दा धर्मनिरपेक्षको ताली बजाएर हिडेको कांग्रेस अहिले कसरी एक्कसी यो पक्षमा आयो। यही नै प्रश्नको विषय बनेको छ।’
अहिले सरकारमा कांग्रेस ठुलो दलका हौसियतमा छ। यही बेला जनमत संग्रह गराएर गरेर देखाउन उनले चेतावनी समेत दिएका छन्।
Image Source: © https://mulpatra.com



