प्रसाईको माहोलबाट आत्तिएको राप्रपाले ४० बुँदे माग राख्दै आन्दोलन घोषाण

प्रसाईको माहोलबाट आत्तिएको राप्रपाले ४० बुँदे माग राख्दै आन्दोलन घोषाण
  • ९ फाल्गुन २०८०, बुधबार ०९:५७

काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टीको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुधबार दिउँसो भेटेर ४० बुँदे माग पत्र बुझाएको छ।

mulpatra

बुधबार दिउँसो राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको केन्द्रीय प्रतिनिधिमण्डलले प्रधानमन्त्री प्रचण्डलाई भेटेर ४० बुँदे मागपत्र बुझाएको हो।

राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी, बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तह रहेको दुई तहको सरकार, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति लगायत राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह एवम् जनजीविकासँग सम्बन्धित तथा मुलुकको दीर्घकालीन हितका विभिन्न ४० बुँदे माग प्रधानमन्त्रीलाई बुझाएको हो।

गत वर्षदेखि मेडिकल व्यवसायी दुर्गा प्रसाईले समेत हिन्दुराष्ट्रको पुनःस्थापनाको माग गर्दै आन्दोलन गर्दै आएका छन्। उनको नेतृत्वका ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले एक वर्षयता धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताको विरोध गर्दै आएका छन्।

प्रसाईकै नेतृत्वमा गत वर्षको फागुनदेखि राष्ट्रवादी आन्दोलनमा जनताको सहभागिता बढेपछि राप्रपा पनि आन्दोलनमा जान लागेको हो। अहिले प्रसाईको आन्दोलनमा जनता, हिन्दुराष्ट्र र अन्य मुद्धामा जनताले समर्थन गर्न थालेपछि राप्रपा आन्दोलन गर्न लागेको आरोप पनि सर्वसाधारणको छ।

राप्रपाले पटक–पटक हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा आन्दोलन गदै आएपनि केही हुन् सकेको छैन। जसका कारण यो पटक हुने राप्रपाको आन्दोलनलाई राजनीतिकबृत्तमा सामान्य रुपमा हेर्रिएको छ। आज राप्रपाको कार्यक्रममा ५ सय जना पनि कार्याकर्ता सहभागि भएको थिएनन।