थापाथली अस्पतालबाट बच्चा चोरी, खोजी कार्य जारी

काठमाडौं । काठमाडौंको थापाथलीमा रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट २६ दिनको नवजात शिशु चोरी भएको छ ।
अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले समेत उक्त कुराको जानकारी दिनु भएको छ । उनका अनुसार शुक्रबार बिहान पार्किङ क्षेत्रबाट एक महिलाले शिशु चोरेर लगेकी हुन् ।
‘पार्किङ क्षेत्रमा चिनजान नभएकी महिलालाई एकछिन बच्चा हेरिदिन भन्दै रिपोर्ट लिन गएका बेला रातो लुगा लगाएकी महिलाले बच्चा लिएर हिडेको प्रहरीमा जानकारी भएको थियो । सोही आधारमा नजिकको सिसिटिभी अध्ययन गर्दा कालो माक्स र रातो लुगा लगाएकी महिलाले बच्चा लिएर गएको जिल्ला प्रहरी परिसर, काठमाडौंले समेत पत्ता लगाएको छ । .
थापाथली अस्पतालमै जन्मिएकी बच्ची विरामी भएर भर्ना गरेको र पछि ठीक भएपछि डिस्चार्ज भएको र फलोअपका लागि २६ दिनअघि सुत्केरी भएकी महिला ओपीडी चेकजाँचका लागि अस्पताल पुगेकी थिइन् ।
बच्चा चोर्ने महिलालाई प्रहरीले खोजी गरिरहेको र विभिन्न माध्यमबाट अध्ययन समेत गरिरहेको प्रहरीले जानकारी दिएको छ ।