Close

Recent Posts

मिटरब्याज पीडितले न्याय पाउने कि झन सास्ती

मिटरब्याज पीडितले न्याय पाउने कि झन सास्ती
  • ११ फाल्गुन २०८०, शुक्रबार १५:२२

सरकारले मिटरब्याज पीडितसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै पुनः न्याय माग्दै काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरूको दैनिकी जटिल बन्दै गइरहेको छ ।
काठमाडौंको चिसोमा सिफल चौरमा अस्थायी टेन्टमा बसेका उनीहरु चिसोले थलिन थालेको बेला पानी परेपछि झन समस्यामा परेका छन ।

झापाको काँकडभिट्टा र कञ्चनपुरको महेन्द्रनगरबाट पैदल हिंडेका मिटरब्याज पीडित २३ दिनपछि बुधबार काठमाडौं आइपुगेका थिए ।

मिटरब्याजविरुद्ध किसान मजदुर संघर्ष समितिको समन्वयमा एउटा समूहले झापाबाट र अर्को समूहले महेन्द्रनगरबाट पैदलयात्रा सुरु गरेको थियो । दुवै टोली चितवनमा भेट भएर सँगै काठमाडौं आएका थिए ।

सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि कानुन संशोधन र जाँचबुझ आयोग गठन गरे पनि मिटरब्याजीको धरपकड नरोकिएको, फर्जी तमसुकको आधारमा जग्गा हडप्ने काम भइरहेकोले वाध्य भएर आन्दोलनमा लाग्नु परेको बताएका छन ।

२३ हजार उजुरी परेपनि सरकारले निर्णय त के छलफल पनि नगरेको भन्दै अबको विकल्प आन्दोलन नै रहेको बताउने गरेका छन ।

उनीहरुको बिहान बेलुकीको दैनिकी