प्रसाईको कार्यक्रममा दार्जीलिङ र सिक्किमका नेपाली सहभागी हुँदै

प्रसाईको कार्यक्रममा दार्जीलिङ र सिक्किमका नेपाली सहभागी हुँदै
  • १३ फाल्गुन २०८०, आईतवार १०:२७

काठमाडौं–मेडिकल व्यवसायी दुर्गा प्रसाईले आगामी फागुन १५ गते झापाको बिर्तामोडमा बृहत कार्यक्रम गदैछन् । प्रसाईले देश खोक्रो बनाउने, तस्करी र अन्य देशमा अराजक फैलाउने व्यक्तिको फोटो सार्वजनिक गर्ने कार्यक्रममा छ । उक्त कार्यक्रममा दार्जीलिङ र सिक्किमका नेपाली समुदायपनि सहभागि हुने भएका छन् ।

mulpatra

प्रसाई नेतृत्वको ‘नागरिक बचाउ महाअभियान’ले झापामा फागुन १५ गते गर्ने कार्यक्रममा दार्जीलिङ र सिक्किमका नेपालीहरु सहभागी हुन् थालेका छन् । प्रसाईको सचिवालयका अनुसार एक हजारभन्दा बढी फागुन १५ गतेको कार्यक्रमका लागि दार्जीलिङ र सिक्किमका नेपाली समुदाय सहभागी भइसकेका छन्। उनीहरुले नेपालमा हिन्दुराष्ट्र र हिन्दुराज्य हेर्न रुचाएको पाइएको प्रसाईको सचिवालयको दाबी छ ।

विश्वाम जहाँ गएर बसेपनि सबै नेपालीलाई देशको मायाँ भएका कारण आफनो महाअभियानलाई सहयोग गर्न थालेको
प्रसाई गत मंसिर र फागुन १ गते गरेको कार्यक्रममा समेत भारतमा बसोबास गदै आएका नेपालीको सहभागिता हुने गरेको छ । भने, नेपालमा रहेका भारतीयहरुले पनि प्रसाईको महाअभियानलाई रुचाएका छन् र समर्थन पनि जनाउँदै आएका छन् ।

mulpatra mulpatra mulpatra

प्रसाईँको कार्यक्रममा फरक क्षमता भएका व्यक्तिहरूको पनि बाक्लो उपस्थिति बढ्न थालेको छ। राज्यले विभेद गरेको भन्दै समाजमा सम्मानपूर्वक बाँच्ने आधारको खोजीमा उनीहरू प्रसाईँको साथ लागेका छन्।

अहिले प्रसाईंले उठाइरहेको मुख्य मुद्दा भने बैंक र लघुवित्तको व्याजसम्बन्धी छ । साना ऋणीको ऋण बैंक र लघुवित्तले मिनाहा गर्नुपर्ने माग प्रसाईँको छ । उनले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता खारेजीलाई पनि राजनीतिक मुद्दाका रुपमा अघि सारेका छन् । प्रसाईँले ऋण मिनाहा गराएरै छाड्ने बताइरहेका छन् ।

मेडिकल व्यवासाय दुर्गा प्रसाईँले गत वर्ष फागुन १ गते झापामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई साक्षी राखेर ‘नागरिक बचाउ अभियान’को सुरुवात गरेका थिए । त्यसयता उनले विभिन्न ठाउँमा कार्यक्रम गर्दै आए ।

Image Source: © https://mulpatra.com

पछिल्लो समय गत मंसिर ७ गते राज्य संयन्त्रलाई नै त्रसित बनाउने गरी आन्दोलनको तयारी गरे । राज्य ब्यवस्था नै उल्ट्याउने गरी शक्ति प्रदर्शन गर्ने भन्दै देशैभरबाट आफ्ना समर्थकहरुलाई काठमाडौं ओरालेपछि सुरक्षा निकायलाई झस्काइदियो । जसका कारण उनको आन्दोलन दबाउन सबै लोकतन्त्रवादी शक्ति लागेको थियो ।

प्रसाईलाई मिटरब्याज पीडित एवम् लघुवित्त र वैंक तथा वित्तीय संस्थाका ऋणीहरु साथ दिएका छन् । अहिले देशको वर्तमान अवस्थाप्रति असन्तुष्ट भएको एउटा हिस्सा पुराना दलहरुप्रति रुष्ट छन् ।