प्रसाईलाई के स्वार्थमा एमाले अध्यक्ष ओली पक्राउ गर्न दबाब दिदैछन्
काठमाडौंँ–नेकपा एमालेका अध्यक्ष केपी ओलीले मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईलाई पक्राउ गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि दबाब दिएका छन्। यसका लागि ओलीले संक्रमणकालीन न्याय प्रक्रिया टुंगोमा पुर्याउने विषयलाई ‘बार्गेनिङ’ गरिरहेको प्रधानमन्त्री निकट स्रोत जनाएको छ।

ओलीले प्रसाई पक्राउ सरकारलाई पनि सहयोग गर्ने प्रधानमन्त्री प्रचण्डसँग भएको हरेक भेटमा बताउने गरेको बालुवा स्रोतले जानकारी दियो। यास विषयमा प्रचण्ड भने अहिलेसम्म मौन अवस्थामा बसेको स्रोतको दाबी छ।
ओलीले प्रसाईलाई पक्राउ गर्नचाहिँ प्रधानमन्त्रीमाथि दबाब दिँदै आएका छन्। प्रसाईले पछिल्लो समय राजसंस्था, बैंक तथा वित्तीय संस्थाका बारेमा बोल्दै हिँड्ने गरेको र यसको प्रभाव राजनीति र व्यवस्थामै पर्न थालेको भनाइ ओलीको रहँदै आएको छ। तर ओली किन प्रसाईमाथि खनिँदै आएका छन् भन्ने विषयचाहिँ प्रस्ट भएको छैन।
![]() |
![]() |
![]() |
|---|
ओलीले प्रधानमन्त्री प्रचण्डसँग भएको पछिल्लो हरेक भेटमा प्रसाईलाई पक्राउ गर्ने विषय उठाउँदै आएको स्रोतको दाबी छ। ओलीले प्रधानमन्त्रीलाई मात्र होइन गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पनि अप्रत्यक्ष रूपमा प्रसाईलाई पक्राउ गर्न दबाब दिइरहेको गृह मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए।
ओलीले एमाले नेता महेश बस्नेतलाई गृहमन्त्रीलाई गता साता भेट्न पठाएरै प्रसाईलाई पक्राउ गर्न सन्देश दिएको ती कर्मचारीले बताए। तर गृहमन्त्रीले त्यसलाई गम्भीर रूपमा लिएका छैनन्।
राष्ट्रवादी आन्दोलन गर्ने, बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजको अन्त्य हुनुपर्ने, संघीयता खारेज गर्नुपर्ने, लघुवित्त आतंक बन्द गर्नुपर्ने, हिन्दु राज्य कायम गर्नुपर्ने, राजसंस्था पुनर्स्थापना गर्नुपर्ने, देशभित्र रोजगारी सिर्जना गर्दै वैदेशिक रोजगारी रोक्नुपर्ने र आर्थिक संकटका कारण आत्महत्या गर्नुपर्ने अवस्था रोक्नुपर्ने लगायतका माग राखी देशव्यापी आन्दोलन गर्दै आएका छन्।
Image Source: © https://mulpatra.com



