वैशाखको निर्वाचन : इलाम–२ मा प्रसाईसँग राजनीतिक दल त्रसित

वैशाखको निर्वाचन : इलाम–२ मा प्रसाईसँग राजनीतिक दल त्रसित
  • १७ फाल्गुन २०८०, बिहीबार ०५:४५

काठमाडौं–निर्वाचन आयोगले इलाम–२मा वैशाख १५ गतेका लागि उपनिर्वाचनको मिति तोेकेपछि दलका नेताकार्यकर्ता, बजार, चियापसल र सर्वसाधारणबीच चासो बढेको छ।

mulpatra

इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा चुनाव केन्द्रित छलफल बाक्लिन थालेको छ। अहिले इलाम–२ मा मेडिकल व्यवसायी दुर्गा प्रसाईको चर्चा पनि सुरु भएको छ। इलाममा राम्रो प्रभाव भएका प्रसाईको वैशाखको निर्वाचनमा कस्तो भुमिका रहन्छ भन्ने राजनीतिक दलभित्र चासो विषय बनेको छ। भने आम मतदातापनि प्रसाई के गर्छ भन्नेमा छ।

आम मतदाताको चासो उपनिर्वाचनमा कुन दलले कस्ता उम्मेदवार मैदानमा उतार्ला भन्नेमा छ। भने वैशाखको निर्वाचनमा प्रसाईले के गर्छन् र के भन्छन् भनेर पर्खिएर बसेको पाइएको छ। एमाले नेता एवं प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो। जिल्लास्थित कतिपय राजनीतिक दलले उम्मेदवार छनोट त गरिसकेका छैनन् आकांक्षीले आन्तरिक तयारी भने तीव्र पारेका छन्।

mulpatra mulpatra mulpatra

भने सबै राजनीतिक दलले प्रसाईलाई चुनौतीका रुपमा लिएका छन्। साथ आगामी निर्वाचनमा इलाममा प्रसाईको भुमिका कस्तो रहन्छ भनेर प्रतिक्षामा छन्।

इलाम जिल्लामा १० पालिकामध्ये दुई नगरपालिका र तीन गाँउपालिका निर्वाचन क्षेत्र न नम्बर–२ मा पर्छ। इलाम क्षेत्र नम्बर २ मा इलाम नगरका १, २, ३, ४, ५, ६, ७, ८, ९, ११, १२ नम्बर वडा, देउमाई नगरपालिका, फाकफोकथुम, माङसेबुङ गाउँपालिका र माई नगरपालिकाका ६, ७ र ८ नम्बर वडा पर्दछन्।

देउमाई नगरपालिका, फाकफोकथुम, माङसेबुङ गाउँपालिका र माई नगरपालिकाका ६, ७ र ८ नम्बर वडामा दुर्गा प्रसाईको राम्रो प्रभाव छ। यस क्षेत्रका नागरिकलाई प्रसाईले सहयोग गर्दै आएका छन्। उनले आफनो ‘वि एण्ड सि’ र पुर्वाअञ्चल क्यान्सर अस्पतालमा स्वास्थ्य सुविधा, आर्थिक सहयोग, मठमन्दिर निर्माण, शिक्षा र अन्य क्षेत्रमा सहयोग गदै आएका छन्। जसका कारण इलाममै प्रसाईको समर्थन इलाम जिल्लामै राम्रो भएको त्यहाँका स्थानियाहरु बताउँछन्।

Image Source: © https://mulpatra.com

इलाम २ बाट एमालेका स्व नेता सुवास नेम्वाङले निरन्तर जित्दै आउनुको प्रमुख कारण जातीय र किराँत धर्मगुरु आत्मनन्द निङदेनको आशीर्वाद नै हो। यो निर्वाचन क्षेत्रमा आत्मनन्दको सहयोग पनि मुख्य मानिन्छ। निर्वाचनको मुखमा गुरुको निजी आश्रम लारुम्बा सबै राजनीतिक दलका नेता पुग्ने गरेका छन्।

प्रदेशमा नामाकरणपछि पहिचानवादी आन्दोलनमा छन्। उनीहरुले पनि पछिल्लो समय प्रसाईलाई सहयोग गरिरहेका छन्। पहिचानवादीहरुले प्रसाईका हरेक कार्यक्रममा समर्थन गर्दै आएका छन्। जसका कारण प्रसाईको इलाम–२ मा राम्रो प्रभाव देखिन्छ। इलाममा प्रसाईको समर्थन र सहयोगविन जित्न मुश्किल हुने राजनीतिक दलको बुझाइ छ।