पार्टी र सरकारले प्रसाईलाई किन राजनीति चुनौती ठान्दैछन्

काठमाडौंँ–पछिल्लो समय मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई सरकार र राजनीतिक पार्टीहरुले ठुलो चुनौतीका रुपमा हेर्ने थालेका छन्।
प्रसाई नेतृत्वमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ सञ्चालनमा छ। उनको यस महाअभियानलाई प्रमुख राजनीतिक दल र सरकारले नै राजनीतिक चुनौतीका रुपमा लिन थालेका पाइएको छ।
नेपाली बैंकहरुले सर्वसाधारण जनतामाथि गरेको शोषण, दमन र उत्पीडनविरुद्धमाप्रसाइे २ वर्षयता आवाज उठाउँदै आएका छन्।
प्रसाईँले हिन्दुराष्ट्र कायम गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने, लघुवित्त आतंक, आर्थिक संकटका कारण आत्महत्या गर्नुपर्ने अवस्था, बैंक तथा वित्तीय संस्थाको चर्को व्याजको अन्त्य हुनुपर्ने लगायतका एजेण्डा राखी महाअभियान चलाउँदै आएका छन्।
उनको महाअभियानमा आम–नागरिकको सहभागिता बढ्न थालेपछि सरकारमा सहभागि पार्टी, नेकपा एमाले र राश्वपाले समेत प्रसाईलाई राजनीतिक चुनौतीका रुपमा हेर्ने थालेका छन्।
प्रसाईले सुरु गरेको आन्दोलनमा पछिल्लो समय ठुलो संख्यामा जनताको सहभागिता बढ्न थालेपछि राजनीतिक दल र सरकारले उनलाई चुनौतीका रुपमा लिएका हुन्।
प्रसाईले गत मंसिर ७ गते र फागुन १ काठमाडौँमा गरेको शक्ति प्रदर्शनलाई राजनीतिक पार्टीले मात्र होइन। अन्तरराष्ट्रिय शक्तिले पनि चासोका रुपमा हेरेका थिए। प्रसाईको महाअभियानको चर्चा बढेसँगै राजनीतिक दलले उनलाई प्रतिस्पर्धीका रुपमा हेर्ने थालिएको एमालेका एक नेताले जानकारी दिए।
उनका अनुसार प्रसाईका कार्यक्रममा सहभागी जनता उनको सच्चा समर्थक हुन्। त्यही भएर प्रसाई राजनीतिक दलका लागि मुख्य चुनौती भएको उनको भनाइ छ। पछिल्लो समयमा सबै राजनीतिक दलले प्रसाईकै एजेन्डा लिन थालेका छन्। बैंकको समस्या, हिन्दुराष्ट्रको एजेन्डा र अन्य समस्या प्रसाईकै लाइनमा उभिन थालेका हुन्।
कांग्रेसका एक नेताका अनुसार प्रसाईको महाअभियानले राप्रपा र राश्वपालाई ठुलो समस्या देखिएको छ। यी दुई पार्टीलाई मात्र होइन एमाले, कांग्रेस र माओवादीलाई समेत उनको महाअभियानले धक्का दिने देखिन्छ।
प्रसाईले भने आफनो लाइनमा आफनो महाअभियान चलाउँदै गएका छन्। मैले सर्वसाहारा जनताका लागि लडेका कारण अन्य पार्टीले कुन् रुपाम लिएका छन् वास्ता नगरेको प्रसाईले बताएका छन्। जनतासँग जनताका समस्या लिएर महाअभियान चलाएको हुँ, त्यही भएर जनताले साथ दिएको उनको बुझाइ छ।