प्रसाईसँग झस्किएको नेपाली राजनीतिक : टिकटक बन्ददेखि गठबन्धन फेरबदल

काठमाडौं नेपालको राजनीतिकमा मेडिकल व्यवसायी दुर्गा प्रसाईको प्रवाह देखिन थालेको छ । प्रसाईको आन्दोलनको प्रवाह बढ्न थालेपछि सरकारले गत कात्र्तिकमा सामाजिक सञ्जालको आकर्षण टिकटक बन्द गर्ने निर्णय गरेको थियो। प्रसाईको पक्षमा टिकटकमा समर्थक बढेपछि सरकारले टिकटक नै बन्द गरेको थियो।
प्रसाईले गत मंसिर ७ गते गर्ने शक्ति प्रदर्शनलाई नियन्त्रण गर्न टिकटक नै बन्द गर्नुपरेको नेपाल टेलिकमका एक जना कर्मचारी बताउँछन्। सामाजिक सञ्जाल टिकटकमा प्रसाईको समर्थक बढेपछि टिकटक बन्द गर्नुपरेको उनको भनाइ छ।
गत मंसिर ७ गते प्रसाईले काठमाडौंमा गरेको शक्ति प्रदर्शनबाट तत्कालिन सरकार र प्रतिपक्ष एमालेले समेत झस्किएको थियो। त्यति बेला ८० हजारभन्दा बढी सर्वसाधारण प्रसाईको कार्यक्रममा सहभागि भएको गहृमन्त्रालयकै भनाइ छ। उनको पक्षमा जनलहर उर्लिएपछि सरकारले कार्यक्रम नियन्त्रण गर्न ठुलो शक्ति प्रयोग गर्नुपरेको गहृमन्त्रालय स्रोत बताउँछ।
मंसिर ८ गते प्रसाईलाई काठमाडौंमा कार्यक्रम गर्न दिएको भए सत्तामा ठुलो धक्का लाग्ने गृहमन्त्रालयका एक कर्मचारीको दाबी छ। उनका अनुसार अहिले राजनीतिक दललाई सबैभन्दा ठुलो चुनौती दुर्गा प्रसाई नै हुन्। हामीले गरेको अध्ययनमा समेत प्रसाईका समर्थक सबै जिल्लामा बढ्दै गएका छन्।जसका कारण अहिले राजनीतिक दल प्रसाई त्रसित छन्।
प्रसाईको पक्षमा जनमत बढ्दै गएपछि उनलाई पक्राउ गर्न एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दबाब दिदै आएका थिए। माहोल भड्किने र सरकारलाई समस्या पर्ने भएपछि प्रचण्ड यस विषयमा मौन देखिएका थिए।
प्रसाईका कारण एमालेले गठबन्धन भत्काएर सरकारमा सहभागि भएको हो। प्रसाईको झापामै समर्थक बढेपछि आफनो गहृजिल्लामा ओली समस्यामा पर्ने देखेपछि उनको पार्टी सरकारमा सहभागि भएको एमालेकै केही नेताहरु बताउँछन्।
आगामी सरकारले प्रसाईका बारेमा कस्तो रणनीति बनाउँछन्। हेर्ने बाँकी छ। तर प्रसाईका कारण नेपाली राजनीतिकमा ठुलो फेरबदल भएको राजनीतिकविज्ञहरु बताउँछन्। देश भर भएको कार्यक्रममा प्रसाई समर्थक बढेपछि राजनीतिक दल उनीमाथि खनिने गरेको विज्ञको भनाइ छ।
प्रसाई नेतृत्वमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ सञ्चालनमा छ। उनको यस महाअभियानलाई प्रमुख राजनीतिक दल र सरकारले नै राजनीतिक चुनौतीका रुपमा लिन थालेका पाइएको छ।
प्रसाईँले हिन्दुराष्ट्र कायम गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने, लघुवित्त आतंक, आर्थिक संकटका कारण आत्महत्या गर्नुपर्ने अवस्था, बैंक तथा वित्तीय संस्थाको चर्को व्याजको अन्त्य हुनुपर्ने लगायतका एजेण्डा राखी महाअभियान चलाउँदै आएका छन्। उनै लाइनमा अहिले कांग्रेस पनि पुगेको छ। कांग्रेसले पनि हिन्दुराष्ट्रको पक्षमा आवाज उठाउन थालेको छ।
नेपाली बैंकहरुले सर्वसाधारण जनतामाथि गरेको शोषण, दमन र उत्पीडनविरुद्धमाप्रसाइे २ वर्षयता आवाज उठाउँदै आएका छन्।
प्रसाईले सुरु गरेको आन्दोलनमा पछिल्लो समय ठुलो संख्यामा जनताको सहभागिता बढ्न थालेपछि राजनीतिक दल र सरकारले उनलाई चुनौतीका रुपमा लिएका हुन्। उनको महाअभियानमा आम–नागरिकको सहभागिता बढ्न थालेपछि सरकारमा सहभागि पार्टी, नेकपा एमाले र राश्वपाले समेत प्रसाईलाई राजनीतिक चुनौतीका रुपमा हेर्ने थालेका छन्।
प्रसाईले गत मंसिर ७ गते र फागुन १ काठमाडौँमा गरेको शक्ति प्रदर्शनलाई राजनीतिक पार्टीले मात्र होइन। अन्तरराष्ट्रिय शक्तिले पनि चासोका रुपमा हेरेका थिए। प्रसाईको महाअभियानको चर्चा बढेसँगै राजनीतिक दलले उनलाई प्रतिस्पर्धीका रुपमा हेर्ने थालिएको पाइएको छ।