हिन्दूराष्ट्र र धर्मनिरपेक्षता अलग–अलग भयो : प्रसाई

काठमाडौँ–धर्मनिरपेक्षताको बहस नेपालमा सामान्य ढङ्गले आएको देखिंदैन। जसका कारण अहिले यसमाथि प्रश्न उठन थालेको मेडिकल व्यवसायी दुर्गा प्रसाईले बताएका छन्। उनका अनुसार संविधानमा हिन्दूराष्ट्रको प्रवधान लेखिनुपूर्व पनि सदियौँदेखि नेपाल सनातन धर्मसापेक्ष हिन्दूराष्ट्र रहँदै आएको थियो। त्यही भएर अहिले हिन्दूराष्ट्र र धर्मनिरपेक्षताबीच बाटो छुटिन थालेको उनको बुझाइ छ।
नेपाल राज्यको सिर्जना भयो, त्यस वेलादेखि हाम्रो समाज, परिवार र राज्यव्यवस्था सञ्चालनको आधार यही सनातन धर्म, संस्कृति, परम्परा, मूल्य र मान्यता रहिआएको उनी बताउँछन्।
वैदिक सभ्यता हाम्रो अस्तित्वको मूल स्रोत हो । वैदिक दर्शन हाम्रो पहिचानको मूल स्तम्भ भएका कारण अहिले धर्मनिरपेक्षता समस्यामा परेको उनले बताए। ‘हिन्दूराष्ट्रको पक्षमा आवाज उठाउन थालेपछि विभिन्न कोणबाट धर्मनिरपेक्षता ठिक होइन भन्ने जनतामा लाग्न थालेको छ। यसका त्रासमा अहिलेका राजनीतिक पार्टी छन्। त्यही भएर अहिले हिन्दुराष्ट्र पक्षमा कांग्रेस बोल्न थाल्यो। अब अन्य पार्टी पनि यहीँ बाटोमा आउँछन्।’
उनका अनुसार प्राचीनकालदेखि वैदिक संस्कार अनुसार चलिआएको धर्म नै बैदिक सनातन धर्म हो। त्यहीँ भएर नेपालमा हिन्दूराष्ट्रको पक्षमा आवाज उठ्न थालेको र अहिले यसको बाटो नै अलग–अलग भएको उनले बताए।
हिन्दूराष्ट्रको पहिचान समाप्त पारेर धर्मनिरपेक्षता कायम गर्नुको उद्देश्य धार्मिक स्वतन्त्रता र समानता कायम गर्नु होइन। बरु धर्मनिरपेक्षताको आडमा उग्रराजनीतिक शक्तिको वर्चस्व स्थापित गर्नु र धर्म परिवर्तन गराएर नेपालको पहिचान कमजोर बनाउनु नै रहेको उनको तर्क छ। यस विषयमा अहिले जनता स्पष्ट भएका कारण धर्मनिरपेक्षताको बाटो सकिँदै गएको उनको दाबी छ।
विविधता नै पहिचान बनेको नेपाल जस्तो देशमा निश्चित पन्थलाई प्राथमिकता दिएर हिन्दू राष्ट्र हुनुपर्ने उनको माग छ।
नेपालमा हिन्दू, मुस्लिम, बौद्ध, इसाई, जैन लगायत सबैजसो धर्मावलम्बीहरूको बसोबास भएको देश हो। सबै जाति हिन्दू राष्ट्र स्वीकार थिए। २०६४ सालमा परिवर्तनका नाममा हिन्दूराष्ट्रका स्थानमा धर्मनिरपेक्षता ल्याइयो। अहिले धर्मनिरपेक्षता विपक्षमा जनता देखिएपनि राजनीतिक दल समेत डराउन थालेको उनको भनाइ छ।
धर्म नितान्त व्यक्तिगत कुरा हो। जति वेला राज्यले धर्मलाई आफ्नो पराइ बनाउँछ, तब यो राज्य र राजनीतिसँग जोडिएर आउने गरेको उनले बताए। ‘स्थितिमा धर्मनिरपेक्षता या धर्मसापेक्षता राजनीतिसँग जोडिएको छ। त्यही भएर अहिले जनताले धर्मनिरपेक्षता ठिक थिएन भनेका छन। हिन्दू राष्ट्र र धर्मनिरपेक्षताको पाटो अहिले छुटियो।’ उनले भने।
संविधानमा हिन्दू शब्दको प्रयोग वा हिन्दूराष्ट्र लेख्ने कामको प्रारम्भ २०१५ मा बनेको संविधानदेखि भएको हो । त्यसपछि २०१९ मा बनेको पञ्चायती संविधान र पहिलो जनआन्दोलनपछि स्वयं आन्दोलनकारी शक्तिले बनाएको ०४७ सालको संविधानले समेत त्यही व्यवस्थालाई निरन्तरता दिए।
नेपाल एकीकरणपछि विकसित सनातन धर्म नै हो। सहितको धर्मनिरपेक्षताको बहसले देशलाई फाइदा पुर्याउँदैन। धर्म मानिसको व्यक्तिगत आस्था र भावनात्मक कुरा भएकाले राजनीति गर्नेहरू तथा शासकहरूले त्यही पक्षलाई प्रयोग गरेको देखिन्छ।