अर्थमन्त्री पुन फेरी तस्करीसँगै साँठगाँठ, केही व्यवसायी पक्रिने योजना

अर्थमन्त्री पुन फेरी तस्करीसँगै साँठगाँठ, केही व्यवसायी पक्रिने योजना
  • २६ फाल्गुन २०८०, शनिबार ०७:०७

काठमाडौं–नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा अर्थमन्त्री वर्षमान पुन अहिले केही अर्थ तस्करीसँग साँठगाँठमा छन् । उनी अर्थमन्त्री भएको एक सातामै अर्थ व्यवस्थामाथि आक्रमण गर्न केही तस्करीको सल्लाह लिइरहेको पाइएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार पुनले आर्थिक क्षेत्रभन्दा तस्करीसँग साँठगाँठ बढाउन थालेका छन्।

mulpatra

उनीसँग एनआईसी एसिया बैंकका सञ्चालक विशाल गुृ्रप, पवन गोल्यान र अन्य सून तस्करीसँग तस्करीमा जोडिएका केही व्यवसायी पुगेका छन्। ती व्यवसायीले भने अनुसार अहिले अर्थमन्त्री केही व्यवसायी पक्रिन योजना बनाइरहेको अर्थमन्त्रालयका एक कर्मचारीले जानकारी दिए। पुन स्यंम सून तस्करीको आरोेप लागेका माओवादी नेता हुन्।

‘पुन अर्थमन्त्री भएपछि तस्करी र विभिन्न मुद्दामा मुछिएका व्यक्ति र व्यापारीसँग भेटघाटमा व्यस्त छन्। अहिले त्यो व्यापारीलाई पक्राउ गरेर त्यति सहयोग दिन्छौं भन्दै केही तस्करी व्यवसायी अर्थ मन्त्रालयले आउने गरेका छन्। उनीहरुकै सहयोग र प्रलोभनमा राम्रो व्यवसायी सञ्चालन गरेर बसेको व्यापारीमाथि आक्रमण गर्ने पक्षमा पुन छन्।’ ती कर्मचारीले भने।

उनले अहिलेसम्म कुन्–कुन्् व्यवसायी पक्रिने भन्ने खुलाएका छैन। पछिल्लो समय एनआईसी बैंकको विकृत्तिका बारेमा प्रश्न उठाउने र बैंक तथा वित्तीय सस्थाको विरोधमा आवाज उठाउने व्यवसायीलाई धरपकड गर्ने उनको योजना भएको अर्थ मन्त्रालय स्रोतको दाबी छ। स्रोतका अनुसार उनले पैसाका लागि व्यवसायीमाथि धरपकड गर्न उनी लागि पर्न लागेको पाइएको छ।

एक वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँ भित्रिएको एक क्विन्टल सुन प्रकरणले राजनीतिक वृत्त तातिएको थियो। वर्षमान पुन, ओनसरी घर्ती र नन्दबहादुर पुनलाई भेट्न कार्यकक्षमै जाने गरेका चिनियाँ तस्करहरू उक्त सून काण्डमा जोडिएको आरोप लागेको थियो।

तिब्बतीयन नागरिक दावा छिरिङ र थबाङकी अमला रोकाले आफ्ना गाउँठाउँका जडीबुटीहरू काठमाडौँ ल्याएर व्यापार गर्ने बाहानामा सून तस्करी गर्दै आएका थिए। यसमा माओवादी नेता पुनका सहयोग
र हात रहेको पनि आरोप लागेको थियो।

यस्तै, पुन उर्जामन्त्री भएका बेला भीमकान्त भण्डारी सून काण्डमा पक्राउ परेका थिए। सरकारी सेवामा रहँदा भण्डारी माओवादीबाट मन्त्री बनेका चार जनाको सचिवालयमा रहेका थिए । पूर्वअर्थमन्त्रीसमेत रहेका कृष्णबहादुर महरा, पूर्वऊर्जामन्त्री वर्षमान पुन, पूर्वसंघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे र पूर्वसमाज कल्याणमन्त्री आशा कोइरालाको स्वकीय सचिवालयमा बसेर काम गरेका भण्डारीले राजीनामा दिएर कोभिड महामारीका बेला बिध ल्याब सञ्चालन गरेका थिए । सून तस्करी तानिएका भण्डार िउनै पुनका स्वकिय भएर काम गरेका व्यक्ति हुन्।

नेकपा(माओवादी केन्द्र)की उपाध्यक्ष पम्फा भुसालले वर्तमान सत्तारुढ गठबन्धनमा विवादित मान्छे पनि भएकाले शुद्ध नभएको टिप्पणी गरेकी छन् । उनले अर्थमन्त्री पुनलाई काटक्ष गदै यस्तो टिप्पणी गरेकी हुन्।