नारायण दाहाल राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित

काठमाडौं । आज भएको राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनमा नारायण दाहाल निर्वाचित भएका छन्
सदनको उपल्लो सभा राष्ट्रिय सभामा भएको मतदानमा दाहालले ३९ मत ल्याइ बिजयी भएका छन । विपक्षमा कांग्रेसबाट उम्मेदवार बनेका युवराज शर्मालाई १७ मत परेको थियो । मतदानमा ५६ जना सांसद उपस्थित थिए ।
सरकारमा समावेश भएका दल मध्ये एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी दलको सहयोगमा दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् ।