गोल्यान र विशाल ग्रुप प्रसाईलाई पक्राउ गर्न प्रधानमन्त्री, गृह र अर्थमन्त्री गुहार्दै

काठमाडौं । विशाल र गोल्यान ग्रुपका सञ्चालकले राष्ट्र, राष्ट्रिय, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईविरुद्ध सरकार गुहार्न थालेका छन्।
विशाल समूहका अध्यक्ष अनुज अग्रवाल र गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड, गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री बर्षमान पुनलाई प्रसाई पक्राउ गर्न गुहार माग्न थालेको गहृमन्त्रालय स्रोतले जनाएको छ।
स्रोतका अनुसार प्रसाईले एनआईसी एसिया बैंकको बैकिङ तस्करी, ठगि र त्यो बैंकले गदै आएको अनैतिक कामको खुलासा गदै आएपछि उनीहरु प्रसाईलाई पक्राउ गर्ने माग गदै गहृमन्त्रालय धाइरहेका छन्।
उनीहरुले प्रसाईलाई पक्राउ गर्न माग गर्दे एक सातामा दुई पटक प्रधानमन्त्री, गृह र अथमन्त्री भेटेको पाइएको छ। पछिल्लो समय प्रसाईको पक्षमा माहोल बन्दै गएपछि सरकारले पनि प्रसाईको विरुद्धमा जाने पक्ष अवस्था देखिदैन्।
गोल्यान ग्रुपका अध्यक्ष नेपालमा कमाएको पैसा विदेशमा लागेर लुकाउने, कृषिका नाममा अनुदान लिने र काम गर्ने कार्य गर्दै आएको छ। भने विशाल ग्रुपले जग्गा कब्जा, सुन तस्करी, सुपारी तस्करीलगायतका काम गदै आएको छ। राजनीतिकका केही नेताका आडमा यी द्ुवै ग्रुपले तस्करको काम गर्दै आएका छन्।
देशको कुल निक्षेपको ७० प्रतिशमा ५५ जना व्यापारीको नियन्त्रणमा रहेको प्रसाईले बताउँदै आएका छन्।
एउटा ग्रुपले मात्रै १० खर्ब चलाएको छ। चालु पुँजी कर्जा १० देखि १२ खर्ब अपचलन गरेको विषयमा प्रसाईले आवाज उठाउँदैँ आएका छन्।
मारवाडीहरुले नेपाली जनतासँग उठाएको रकम सुन तस्करीका लागि यूएई र हङकङमा कार्यालय खोलेर कारोवार गदै आएको प्रहरीकै अध्ययनले देखाएको छ। सुन तस्करीमा संलग्न एक दर्जनभन्दा धेरै मारवाडी व्यापार अहिले पनि नेपालमा व्यापार गरी भारत र तेस्रो देश पैसा लैजाने गरेका छन्। जसमा गोल्यान र विशाल ग्रुप पनि छन्।
एनआइसी एसिया बैंकले पछिल्लो समयमा नक्कली नोटका कारोवार गर्दै आएको छ। यस विषयमा प्रसाईले चर्को आवाज उठाएपछि त्यसका बचतकर्ता बैंकबाट पैसा निकल्न थालेका छन्.
देश र तल्लो तहका जनताका पक्षमा बोल्दा उनीहरुले मलाई पक्राउ खोज्नु तीनैहरुको कमजोरी भएको प्रसाईले बताएका छन्। देश र जनताका लागि काम गर्दा तस्कर आफनो विरुद्ध लागेको उनको भनाइ छ।