Close

Recent Posts

प्रचण्डको नैतिकता सकियो कांग्रेस –एमालेलाई गठबन्धन गर्न सांसदको सुझाव

प्रचण्डको नैतिकता सकियो कांग्रेस –एमालेलाई गठबन्धन गर्न सांसदको सुझाव
  • ३० फाल्गुन २०८०, बुधबार ०९:२४

काटमाठौँ –नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसले आफूलाई धोका दिएको भन्ने भनाइप्रति आपत्ति जनाएका छन्। शर्माले आज बुधबारको प्रतिनिधिसभामा प्रधानमन्त्रीको विश्वासको प्रस्तावमाथिको छलफलमा क्रममा धोका पाएकाहरू एक भए अवस्था के होला भन्दै प्रश्न पनि गरेका छन्।

mulpatra

‘कोशीमा चित्त दुखेको कुरा स्वीकार गर्छौँ। कोसीमा जे भयो त्यसलाई ढाकछोप गरेर जाने हैन खुला संवादबाट समाधान गरेर जान चाहन्छौँ, महासमिति डकुमेन्टमा लेख्यौँ। हामीले आफू पराजित भएको अनुभूति गर्यौँ,’ उनले भने, ‘तर, रोल्पामा संघमा माओवादी पार्टीको मित्र यहाँ मन्त्री भएर मुस्कुराएर बस्दै गर्दा नेपाली कांग्रेसका प्रदेश कार्यसमितिको सभापति अमरसिंह पुन पराजित भए। अनि माओवादीका साथीहरू लाइन लागेर धारामा भोट हालेर जितेको कथा तपाईंको डकुमेन्टमा कही उल्लेख छ’

उनले दाहाललाई अरु पार्टीभित्रका बहसमा प्रवेश नगर्न चेतावनी दिएका छन्। सत्ता गठबन्धन छोड्दै गर्दा प्रधानमन्त्री प्रचण्डले कांग्रेसले महासमिति बैठकस्थलमा हिन्दुराष्ट्रको स्टल राखेर हस्ताक्षर अभियान चलाएको भन्दै प्रश्न गरेका थिए।
यस्तै,त्तारुढ एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्रीको चर्को आलोचना गरेका छन् ।

विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै पाण्डेले अहिले आफ्नो अवस्था अस्पताल उद्घाटन गरेको स्वास्थ्यमन्त्रीको जस्तो भएको बताए । ‘सफल होस् भनौं भने पनि सबै मान्छे विरामी होउन् भनेको हो । उद्घाटनकै दिन सफल होस् भनौं भने के भनौं,’ उनले भने, ‘आज प्रधानमन्त्रीलाई विश्वासको मत दिने दिन नै मैले यसो भन्नुपर्छ भने भविश्यमा के सोच्ने हो ।’

आफ्नो दललाई गरेको व्यवहारप्रति गम्भीर आपत्ति जनाएका एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डेले चेतावनीको भाषामा भने, ‘एकचोटी प्रधानमन्त्रीजीले सोच्नुस्, अघि कुरा आएको जस्तो ओलीजी र शेरबहादुरजीको घाँटी जोडियो भने तपाईंको हातल के हुन्छ रु