चितवनमा रविको भन्दा प्रसाईको आकर्षण, ३० हजारको भीडलाई संबोधन

चितवनमा रविको भन्दा प्रसाईको आकर्षण, ३० हजारको भीडलाई संबोधन
  • १ चैत्र २०८०, बिहीबार ०८:२०

काठमाडौं–चितवनको कार्यक्रम संबोधन गर्न पुगेका दुर्गा प्रसाईलाई त्यहाँका स्थानियवासी घेरे। गृहमन्त्री रवि लामिछानेको निर्वाचन क्षेत्रमा दुर्गा प्रसाईको कार्यक्रम हेर्ने ३० हजारभन्दा बढी सर्वसाधारण भेला भएका छन्। रविको निर्वाचन क्षेत्रमा प्रसाईको पक्षमा यति ठुलो आम नागरिकको भेला हुनुलाई राजनीतिक बृत्तमा महत्वका साथ हेरिएको छ।

mulpatra

अधिकांश मानिसको बुझाइ दुर्गा प्रसाईले जनमाहोल सिर्जना गरे, प्रसाईको समर्थन गरे भन्नेतिर छ ।अहिले जतात्यतै दुर्गा प्रसाईंको चर्चाले बजार तताइरहेको छ । चितवनमा समेत रविको भन्दा प्रसाइकै आकर्षण धेरै देखियो।

आम नेपाली नागरिक दुर्गा प्रसाईंको समर्थनका लागि वा दुर्गा प्रसाईलाई जिताउनका लागि लागेका होइन। विद्यमान व्यवस्था परिवर्तका लागि लागिरहेको पाइन्छ। आम नेपालीले यस व्यवस्था पल्टाउनका लागि अगुवा पात्र खोजिरहेकोमा दुर्गा प्रसाईको नेतृत्व ठिक भएको सर्वसाधारणको बुझाइ छ।

mulpatra mulpatra mulpatra

उनको अगुवाइमा जनसमर्थन जुटाएर संघीयता खारेज गर्ने अभिप्रायले आमनागरिक, संघ, संस्था प्रसाईंलाई समर्थन गरिरहेका छन्। करिब दुई तिहाइभन्दा बढी मानिस संघीयता खारेज गर्नकै लागि यो कार्यक्रममा भाग लिएको देखियो।

दुर्गा प्रसाईंले हिन्दुराज्य कायम गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने, लघुवित्त आतंक, आर्थिक संकटका कारण आत्महत्या गर्नुपर्ने अवस्था, बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजको अन्त्यलगायतका एजेण्डा राखेर आन्दोलन सुरु गरेका थिए। अहिले उनको यस आन्दोलनमा जनताका आकर्षण बढेको छ।

कोरोना महामारीले थला पारिदिएको अर्थतन्त्रलाई मलमपट्टि लगाउनसम्मका कार्यक्रम सरकारले ल्याउन सकेन। जसका कारण देशमा आर्थिक मन्दी देखियो। बैंक तथा वित्तीय संस्थाहरूले सहयोग पु–याउनुपर्ने ठाउँमा उल्टै ताकेता गरेर धितो नै कब्जा गर्ने हर्कत गरे।

Image Source: © https://mulpatra.com

यसले कतिपय व्यवसायीलाई मर्न पनि बाध्य बनायो । कतिपयले यसैको कारण देखाएर आत्महत्या समेत गरेको देखियो, सुनियो । यतिखेर विश्व नै आर्थिक मन्दीको सामना गरिरहेको छ । यसबेला नेपालका बैंक तथा वित्तीय संस्थाले गरेका व्यवहारप्रति उनको आक्रोश बढेको हो ।

यस्तै, एक दुर्गा प्रसाईंको विरुद्धमा लामो इतिहास बोकेको सिंगो एमाले प्रतिकारमा उत्रने घोषणा गर्नुले पनि दुर्गा प्रसाईलाई बलियो बनाइरहेको छ भने सिंगो एमाले हारिरहेको छ । पछिल्ला दिनमा दुर्गा प्रसाईं र एमाले (महेश बस्नेत)बीचको युद्ध हुँकारले पनि प्रसाईको अभियानमा समर्थन बढिरहेको पाइन्छ।

पछिल्ला दिनमा लघुवित्तहरूले प्रायः तराईमा फैलाइरहेको कर्जा आतंक बैंक तथा वित्तीय संस्था ऐन, २०६३ विपरीत नै छ । आज बैंक तथा वित्तीय संस्थाहरू नितान्त व्यापारिक प्रयोजनमा संलग्न हुने क्रम बढेको छ । निक्षेप र कर्जा प्रवाहको गतिमा फरक देखिन्छ ।

ऋण प्रवाहको वास्तविक अनुसन्धान छैन, उत्पादनमूलक निकाय वा व्यक्ति कर्जा पहुँचबाट टाढा छ भने बिचौलिया वा राजनीति पहुँचवाला बैंक तथा वित्तीयसंस्थाहरूको नजिक छ । कृषि ऋण वास्तविक किसानले पाउन सकेको छैन र बैंकले पनि प्रवाहमा जोडदिएको छैन तर त्यो किसानले नपाएर बिचौलियाले पाइरहेको छ । बैंक तथा बैंकका कर्मचारीहरूको निकटता पनि बिचौलियासँगै छ ।