प्रसाईलाई पक्रिन ओली र बर्षमानको लविङ, मास देखेका गृहमन्त्री चुप

प्रसाईलाई पक्रिन ओली र बर्षमानको लविङ, मास देखेका गृहमन्त्री चुप
  • २ चैत्र २०८०, शुक्रबार ०६:३०

काठमाडौं–मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई पक्राउ गर्न नेकपा एमालेका अध्यक्ष केपी ओली र अर्थमन्त्री बर्षमान पुन लागि परेका छन्। अहिले ओली र पुनले प्रसाईलाई पक्राउ गर्न सरकारलाई दबाब दिइरहेको पाइएको छ। तर गृहमन्त्री रवि लामिछाने र गृह प्रशासन प्रसाईलाई पक्राउ गर्नु हुँदैन भन्ने पक्षमा रहेको पाइएको छ।

mulpatra

प्रसाईले सुन, नक्कली नोट, आर्थिक मन्त्री, बैंक तथा लघुवित्तीयको बारेमा, मारवाडीको आर्थिक विकृति र अन्य तस्करीको बारेमा आवाज उठाउँदा ओली र पुनलाई पनि समस्या परेपछि उनीहरु प्रसाईलाई पक्राउ गर्ने पक्षमा रहेको गृह स्रोतले बताएको छ।

एमाले अध्यक्ष ओली त पहिला देखि नै प्रसाईलाई पक्राउ गर्न दबाब दिर्दै आएका थिए। तर प्रधानमन्त्री पुष्पकमल दाहाल भने तत्काल प्रसाईलाई चलाउनु नहुने पक्षमा थिए। अहिले पनि कारण मान्छेलाई दुख दिनु नहुने पक्षमा लामिछाने छन्। तर ओली भने प्रसाई केही बाहानामा पक्राउ गर्नुपर्छ भनेर गृहमन्त्रीलाई दबाब दिइरहेका छन्। यस विषयमा प्रधानमन्त्रीले समेत केही नबोलेको पाइएको छ।

mulpatra mulpatra mulpatra

राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाऊ महाअभियानमा प्रसाई छन्। अहिले प्रसाईको महाअभियान देशव्यापी रुपमा सञ्चालनमा छ। उनीको कार्यक्रममा हजारौंका भीड देखेका गृहमन्त्री लामिछानेपनि उनलाई पक्राउ गरेर समस्या निम्त्याउन नहुने पक्षमा रहेको गृह स्रोतका भनाइ छ।

चैत १ गते प्रसाईले चितवनमा गरेको कार्यक्रममा ३० हजारभन्दा बढी सर्वसाधारण भेला भएका थिए। गृह मन्त्रीकै गृहजिल्लामा प्रसाईको कार्यक्रममा ठुलो संख्यामा मास भेला भएको देखेपछि लामिछाने तत्काल प्रसाईविरुद्ध जानु नहुने पक्षमा छन्।

दुर्गा प्रसाईंले हिन्दुराज्य कायम गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने, लघुवित्त आतंक, आर्थिक संकटका कारण आत्महत्या गर्नुपर्ने अवस्था, बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजको अन्त्यलगायतका एजेण्डा राखेर आन्दोलन सुरु गरेका थिए। अहिले उनको यस आन्दोलनमा जनताका आकर्षण बढेको छ।्

Image Source: © https://mulpatra.com

प्रसाईको कार्यक्रमको आकर्षणलाई गृहमन्त्री लामिछाने राम्रो अध्ययान गरेको पाइएको छ। प्रसाईको कार्यक्रममा अहिले राजनीतिभन्दा परिवर्तन चाहने जनता भेला हुने गरेका छन्।