Close

Recent Posts

सरकारले लाइसेन्स दिएर अवैध हतियार बोकेजस्तो पक्रिन मिल्छ ? : प्रसाई

सरकारले लाइसेन्स दिएर अवैध हतियार बोकेजस्तो पक्रिन मिल्छ ? : प्रसाई
  • ५ चैत्र २०८०, सोमबार १३:३७

काठमाडौं–सर्वोच्च अदालत बाहिर स्वचालि हतियारसहित पक्राउ परेको बाहानामा मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुई बडिगार्डलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

mulpatra

सोमबार बिहान करिब ११ बजेतिर सर्वोच्च अदालत परिसरबाट प्रहरीले प्रसाईंका बडिगार्डद्वय दीपक खड्का र रामकुमार धिमाल पक्राउ गरेको हो । उनीहरुले सरकारले दिएको लाइसेन्ससहितको हतियार बोकेका थिए। तर उनीहरुले बोकेको हतियारको लाइसेन्स र आवश्यक कागतगात भएपनि प्रहरीले कानुन विपरित नियन्त्रणमा लिएर प्रहरी वृत्तमा अनुसन्धान गर्ने भन्दै राखेको हो ।

सरकारले आफनो सुृरक्षाका लागि हतियार बोक्ने लाइसेन्स दिएको छ । तर हतियारसहित सुरक्षामा खटिएका बडीगार्ड अवैध हतियार बोकेजस्तो गरेका प्रहरीले समाएको प्रसाईको आरोप छ । सरकारले हतियार दिएको छ । म कानुनी राज्य र कानुनलाई मान्ने व्यक्ति हुँ । त्यहीँ भएर लाइसेन्स भएको हतियार बोकेर सुरक्षासहित हिडेको उनले बताए। ‘सोमबार मुद्दाको पेशीका क्रममा सर्वोच्च अदालत पुगेका मेरोे नीजि सुरक्षाकर्मीलाई समाइयो। उनीहरु सर्वोच्च अदालत बाहिर नै उभिएका थिए। तर प्रहरीले सर्वोच्च अदालत भित्र प्रवेश गरेको भन्दै समायो।’ उनले भने। सरकार आफुले लाइसेन्स दिने अनि लाइसेन्स भएको हतियार बोकेर हिडँदा समाउने यो कस्तो कानुनी राज्य हो। उनको प्रश्न गरे । मेरो सुरक्षामा खटिएको बडीगार्ड कानुन विपरित समाइएको छ । उनीहरुलाई तत्काल रिहाइ नगरे कानुनी उपचार खोज्ने समेत उनले जानकारी दिए।

यस्तै, अदालत परिसरमा हतियारसहित पसेको आरोपमा पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान गर्न प्रहरी वृत्त सिंहदरबारमा लगिएको जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले मूलपत्रलाई जानकारी दिए ।

घटनाबारे अध्ययनकै क्रममा रहेकाले के कारबाही हुने÷नहुने भन्न नसकिने एसपी अधिकारीले बताएका छन्। तर प्रसाईसँग भने हतियार बोक्न सरकारले स्वीकृत दिएको लाइसेन्स छ भन्ने प्रश्नमा उनले ‘किन कुन प्रयोजनले हतियार बोकेर अदालत प्रवेश गरेको हो। अहिले अनुसन्धान भइरहेको छ।’ भन्दै तर्किए।

प्रसाईसँग नीजि सुरक्षा गार्ड राख्ने र हतियार बोक्न लाइसेन्स प्रष्ट छ। जसका कारण उनका बडीगार्डलाई प्रहरीले नियन्त्रणमा राख्नु कानुनीविपरित देखिएको काुननविज्ञहरुले बताएका छन् ।

प्रहरी स्रोतका अनुसार प्रसाईलाई अप्ठयारोमा पार्न उनको लाइसेन्स प्राप्त हतियार बोकेका सुरक्षा गार्ड पक्राउन लगाइएको हो । यसमा राजनीतिक खेल भएको प्रहरी स्रोतको दाबी छ। पछिल्लो समयमा प्रसाईको नागरिक बचाउ महाअभियान राजनीतिक पार्टीलाई चुनौती भइरहेको छ। जसका कारण अहिले उनलाई विभिन्न बाहानामा समस्यामा पार्न केही पार्टीका नेता लागेको देखिन्छ।

सरकारबाट प्राप्त लाइसेन्स