प्रसाईको पछि लागेको सरकार : उनलाई पक्राउ गर्न ओली र बर्षमानको दबाब

प्रसाईको पछि लागेको सरकार : उनलाई पक्राउ गर्न ओली र बर्षमानको दबाब
  • ७ चैत्र २०८०, बुधबार ०७:०४

काठमाडौं–सोमबार सर्वोच्च अदालत बाहिर स्वचालि हतियारसहित मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुई बडिगार्ड पक्राउ परे। प्रसाईंका बडिगार्डद्वय दीपक खड्का र रामकुमार धिमालले सरकारले नै अनुमति दिएको लाइसेन्ससहितका हतियार बोकेका थिए।

mulpatra

सर्वोच्च अदालतको मुल गेटमा चेकजाँचका क्रममा पक्राउ परेका उनीहरुलाई अहिले अनुसन्धानका लागि सिंहदरबार प्रहरी वृत्तमा अनुसन्धानका लागि राखिएको छ। प्रसाईका बडिगार्डले बोेकेको हतियार लाइसेन्स भएको हो। उनलाई सरकारले नै लाइसेन्स दिएको हतियार भएका कारण कानुनविपरित प्रसाईका बडिगार्ड अनुसन्धानमा राखिएको छ।

प्रसाईलाई पक्रिन एमाले अध्यक्ष केपी ओलीले गृहमन्त्री रवि लामिछानेलाई यस घटनापछि दबाब दिइरहेको पाइएको छ। गृहमन्त्रीले भने अनुसन्धान गर्ने भनेर अहिले केही बोलेका छैन।

mulpatra mulpatra mulpatra

गृहमन्त्रालय स्रोतका अनुसार हतियारको मुद्दामा प्रसाई पक्राउ गर्ने ओली दैनिक गृहमन्त्रीलाई दबाब दिइरहेका छन्। फेरी हतियार भएको लाइसेन्स भएका कारण पक्राउन नमिल्ने भएका कारण गृहमन्त्रीले केही प्रतिक्रिया नदिएको उनको भनाइ छ।

हतियारको विषय भएका कारण गृहमन्त्री प्रसाईको विषयमा गम्भीर भएको लामिछानेको प्रेस सल्लाहकार प्रमोद न्याउपानेले जानकारी दिए। अहिले अनुसन्धान भइरहेका कारण प्रसाईको बारेमा केही निर्णय नभएको उनको भनाइ छ।

प्रसाईले अर्थमन्त्री बर्षमान पुनलाई समेत विभिन्न तस्करमा संलग्नता रहेको भनेर प्रमाणसहित उनका गतिविधि सार्वजनिक गरेका थिए। उनले गत साता चितवनमा गरेको कार्यक्रममा प्रसाईले त्यस्तो खुलासा गरेपछि पुन प्रसाईविरुद्ध लागेको पाइएको छ। सुन तस्करीमा पुनको संलग्नता रहेको र सुन तस्करीमा उनीको हात रहेको देखेपछि प्रहरीले पनि गोप्य अनुसन्धान गरिरहेको छ।

Image Source: © https://mulpatra.com

अर्थमन्त्री पुनले समेत प्रसाईलाई केही तस्कर व्यवसायी र बैंकका सञ्चालनका सल्लाहअनुसार पक्राउ गर्न गृहमन्त्रीलाई दबाब दिइरहेको पाइएको छ। अर्थमन्त्रालयको जिम्मेवारीमा आएपछि पुनले प्रसाईलाई पक्राउ गर्न गृहमन्त्रालयलाई दबाब दिर्दै आएको पाइएको छ।

प्रसाईले प्रयोग गरेको हतियारको लाइसेन्स छ। त्यस विषयमा छलफल भइरहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेश राज मैनाली दिए। लाइसेन्स भएका कारण अनुसन्धान र छलफल गर्नुपर्ने उनको भनाइ छ।

अहिले सत्ता गठबन्धनमा रहेका राजनीतिक दलले आफनो महाअभियान रोक्न र आफैमाथि नचाहिँदो मुद्दा लगाउन खोजेको आरोप लगाए। हतियारको लाइसेन्स सरकारले दिएको हो। त्यहीँ भएर बोकेको हुँ। अवधै हतियार नबोकेको उनको भनाइ छ।
हतियारको अभियोग बनाएर गृहमन्त्रालयले प्रसाई पक्राउ गर्न खोजिरहेको छ। यसमा एमाले अध्यक्ष ओली र माओवादीका केही नेता लागि परेको पनि प्रहरी स्रोतले जनाएको छ।