Close

Recent Posts

बयानपछि विनोद चौधरीले भने : बाँसबारी जग्गा प्रकरणमा मलाई जोड्नु स्टन्ट मात्र हो

बयानपछि विनोद चौधरीले भने : बाँसबारी जग्गा प्रकरणमा मलाई जोड्नु स्टन्ट मात्र हो
  • ८ चैत्र २०८०, बिहीबार ०५:१२

काठमाडौं आफूलाई बाँसबारी जग्गा प्रकरणमा जोड्ने काम ‘स्टन्ट’ मात्र भएको उद्योगी एवं सांसद विनोद चौधरीले बताएका छन्। उद्यमबाट देशलाई विकास गर्ने संकल्प गरेको व्यक्तिमाथि जग्गाको विवाद निकाल्नु स्टन्टबाज भएको चौधरीको भनाइ छ।

mulpatra

केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले आज बिहान मात्रै उनको बयान लिएको थियो। बिहान ८ बजेदेखि सुरु भएको उनको बयान २ घण्टा चलेको थियो। बयान सकेर बाहिर निस्किएपछि चौधरीले औद्योगिक क्षेत्रलाई राजनीतिकरण गरेको आरोप लगाएका छन्।

‘मैले ४२ वर्षदेखि उद्यम गरेको छु। मलाई नैतिकता के हो थाहा छ,’ चौधरीले भने,‘म राजनीतिकर्मी भए पनि कहिल्यै उद्यमसँग यो कुरा जोडिन।’ उनले ४२ वर्षअघि बासबारीमा आफूले उद्यम थाल्दा जग्गाको भाउ कौडी मूल्य बराबरको भएको बताए।

mulpatra mulpatra mulpatra

त्यसबेलाको विषय अहिले बाहिर आउनु गलत मनसाय भएको उनको दाबी छ। चौधरीले जग्गा विवादको कुरा बाहिर आएसँगै आफूले अनुसन्धान गरिरहेको बताए।