प्रसाई लोकप्रियतामा ओली आक्रमण : पक्राउन गर्नदेखि सार्वजनिक कार्यक्रम रोक्न प्रयत्न

काठमाडौं– पछिल्लो समय नेपाली राजनीतिकमा उदयमान पात्र हुन् दुर्गा प्रसाई। उनले एक बर्षयता नेपाली राजनीतिक र सरकारनै हल्लाउने गरी आफनो महाअभियान सञ्चालन गर्दै आएका छन् ।
कुनै समय ‘मार्सी प्रसाई’ भनेर सामाजिक सञ्जालमा दुत्कार खेपेका प्रसाईलाई पछिल्ला दिनमा यही सामाजिक सञ्जालले ‘हिरो’ बनाइरहेको छ । युट्यूव च्यानलहरुमा उनका स्वादिला अन्तरवार्ता हेरेर मानिसहरु ‘द्रविभूत’ बनिरहेका छन् । फलतः विगतको नकारात्मक छवि विनिर्माण भएर ‘लोकप्रिय राजनीतिक उदयमान छवि’ को रुपमा चिनिन थालेका छन् । यही लोकप्रियताको बलमा प्रसाईले महाभियान’ घोषणा गरेका थिए ।
प्रसाई नेतृत्वमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ भइरहेको छ । यो महाअभियान विस्तारै सर्वसाधारणको सहभागिता बढ्न मात्र होइन राजनीतिक आसका रुपमा समेत उदय भइरहेको छ । हाल प्रसाईको महाअभियानमा राजनीतिक दलका भन्दा बढी सदस्य छन् ।
प्रसाईले यति मात्र होइन । नेपाली राजनीतिकका आडमा तस्करी गर्ने नेता, मारवाडी, बैंकका सञ्चालक र केही तस्कर व्यक्तिको सबै अनैतिक कारोवार सार्वजनिक गरे र यसको सबैभन्दा ठुलो प्रभाव र समस्यामा नेकपा एमाले परेको पाइयो ।
प्रसाईका हरेक कार्यक्रम रोक्न एमाले अध्यक्ष केपी ओली नै अग्रसर देखिए । ओलीकै निर्देशनमा स्त्रीलम्पटको आरोप लागेका एमाले नेता महेश बस्नेतले युवा संघको सहयोगमा प्रसाईमाथि कालोमासो छ्याप्न भ्याए । यसको सामाजिक सञ्जालाम चर्को विरोध मात्र भएन । एमालेमाथि नैतिक प्रश्न पनि उठयो ।
प्रसाईका अनुसार एमालेका नेताहरुको सहयोगमा धेरै तस्करको काम भइरहेको छ । त्यहीँ भएर उनको महाअभियानका कार्यक्रम रोक्ने एमाले अध्यक्ष ओली नै सक्रिय भएपनि सफल भएनन् । गत मंसिरयता प्रसाईको क्रेज बढेपछि ओली झन आक्रमण बन्न थाले ।
ओलीले प्रसाई पक्राउ गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई नै दबाब दिर्दै आए । दाहालले वेवास्ता गरेपछि ओली सत्ता परिवर्तनपछि प्रसाईलाई पक्राउन हतियारको बाहाना बनाइरहेको प्रहरी स्रोतको दाबी छ ।
अहिले ओली नै प्रसाई पक्राउ गर्न गृहमन्त्रीलाई दबाब दिइरहेको छन् । तर गहृमन्त्री रवि लामिछाने तयार छैन । ओली भने, झापामा आफनोभन्दा प्रसाईको लोकप्रियता देखेपछि उनीप्रति आक्रमण बनेको पाइएको छ । झापामा मात्र होइन देशभर प्रसाईको माहोल देखेर ओली अझ उनीप्रति आक्रमक बनेको राजनीतिक बृत्तमा चर्चा छ ।
गत सोमबार प्रसाईका दुई जना बडिगार्ड सर्वोच्च अदालतको गेटमा पक्राउ परे । उनको लाइसेन्सको हतियार भएपनि प्रसाईका गार्डलाई प्रहरीले नियन्त्रणमा लियो । यहीँ बाहानामा ओलीले प्रसाईलाई पक्राउ गर्न प्रहरी प्रशासनलाई दबाब दिइरहेका छन् । तर, गृहमन्त्री भने प्रसाईलाई पक्राउ गर्ने मुद्दा नभएको भन्दै ओलीसँग तर्किने गरेका छन्।
प्रसाई पक्राउ गर्न अर्थमन्त्री पुन र ओली सबैभन्दा बढी लागिपरेको गृहस्रोतका दाबी छ । तत्काल प्रसाई पक्राउ गर्ने कुनै मुद्दा नभएको प्रहरीले समेत बताउँदै आएको छ ।
राजनीतिक बृत्तमा भने प्रसाईको लोकप्रियता गिराउन ओलीले सबै राजनीतिक शक्तिको प्रयोग गर्न थालेको आरोप छ । हाल महारष्ट्र मुम्बईको नाकपुर आफनै कामले पुगेका प्रसाईले भने नेपाली जनताका समस्या केन्द्रित आफनो महाअभियान भएको बताएका छन् । ‘म आफनो तरिकाले जनतासँग जाँर्दै छु । यसमा अरुको टाउको दुख छ होला । मेरो केही दोष छैन ।’ उनले भने ।
प्रसाई दुई बर्षयता जनतासँग महाअभियानमार्फत जोडिएका छन् । २०४७ सालको संविधान लागू गर्नुपर्ने, संविधानलाई संशोधन गरी सबै पक्षलाई मान्य हुनेगरी अघि बढ्ने, बैंक,वित्तीय सहकारी बीमा कम्पनीहरूलाई तुरुन्त राष्ट्रियकरण गरी निक्षेपकर्ताको निक्षेपकलाई ध्यानमा राख्दै निक्षेपकर्ताको ब्याज ६ प्रतिशत भन्दा माथि नहुने गरी लघुवित्त र सहकारीका ऋणीहरूको २० लाख भन्दा मुनिको ऋण मिनाहा गरी विखण्डन भएको परिवार र घरबाट निकाली सुकुम्वासी बनाइ सडकमा पु¥याएका परिवारलाई एकै ठाउँमा बस्ने वातावरण मिलाउनुपर्ने, २० लाख भन्दा माथिको ऋणमा ४ देखि ५ प्रतिशत ब्याजमा दिनुपर्ने र उद्योग धन्दा कलकारखाना खोली नेपालबाट वैदेशिक रोजगारमा गएका नेपाली युवाहरूलाई नेपालमा नै स्वरोजगारको लागि ग्यारेन्टी गर्नुपर्ने लगायतका मागसहित प्रसाई एक बर्ष यता आन्दोलनमा छन् । उनले उठाएका आन्दोलनको सबैभन्दा धेरै प्रभाव भने राजीतिक दलमा परेको देखिन्छ ।