सुन तस्करीलाई उन्मुक्ति, हतियारको लाइसेन्स भएका प्रसाई बडिगाड थुनामै
काठमाडौं–सर्वोच्च अदालतबाट स्वचालि हतियारसहित मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंका बडिगाड दिपक खड्का र राम कुमार धिमाललाई गत सोमबार बिहान ११ बजे प्रहरीले पक्राउ गरेको छ।

उनीहरुले बोेकेका हतियारको लाइसेन्स झापा जिल्ला प्रशासन कार्यालयबाट जारी गरेको छ । भने हतियारको बार्षिक कर समेत तिरेको झापा जिल्ला कार्यालयले जनाएको छ ।
लाइसेन्स भएको हतियार भएपनि गृह प्रशासनले प्रसाईका दुई जना बढीगाडलाई अहिलेसम्म हिरासतमा राखेको छ । उनीहलाई कानुनविपरित प्रहरीले हिरासतमा राखेको कानुनविज्ञहरुको भनाइ छ ।
![]() |
![]() |
![]() |
|---|
यस्तै, गत साता सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी नेता कृष्ण बहादुर महरा भने हाजिरीमा धरौटीमा छुटेका छन् । उनी पत्राउ परेको तीन दिनमै हाजिरीमा छुटे ।
उता प्रसाईका बढीगाडसँग लाइसेन्स भएको हतियार भएपनि गृहप्रशासनले हात, हतियार खरखजनासम्बन्धी मुद्दा चलाउने तयारी गरेको पाइएको छ ।
यति ठुलो सुन तस्करी प्रकरणमा समातिएका महरालाई गृहमन्त्रालयले सामान्य धरौटीमा छाडेको छ । यता प्रसाईका बडीगाडलाई भने गृह प्रशासनले कानुनविपरित अनुसन्धानका नाममा हिरासतमा राखेर दुख दिइरहेको छ । यसका कारण पनि गठबन्धन सरकारमाथि सर्वसाधारण जनताले प्रश्न गर्न थालेका छन् ।
Image Source: © https://mulpatra.com
ठुलालाई समाएजस्तो गरेर छाड््ने सानालाई कानुनविपरित थुनामा राख्ने भनेर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि नैतिकताको प्रश्न खडा भएको छ । कानुनविपरित काम गरेको भन्दै उनलाई नेपाली कांग्रेसका नेताहरु नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्ने छुट नभएको बताएका छन् ।
महरा मात्र होइन अन्य राजनीतिक दलको संरक्षणमा धेरै अपराधी, तस्करी र अन्य कानुनविपरित काम गरिरहेका व्यक्तिले छुट पाइरहेका छन् ।
मेरो हतियारको लाइसेन्स छ । तर हतियारको लाइसेन्स भएका बढीगाडलाई के कारणले हिरासतमा राखिएको हो भन्ने अहिलेको मुख्य प्रश्न भएको प्रसाईले बताएका छन् । अहिले सरकारले समतिएका बढिगाडको बाहानामा ममाथि पनि आक्रमण गर्न खोजिरहेको सूचना आएको उनले जानकारी दिए । ‘अवैध हतियार भए पो मेरा बडिगाड समातेर थुनामा राख्न मिल्छ । अहिले म र मेरो महाअभियानमाथि राजनीतिक भइरहेको छ ।’ उनले भने । ‘कानुनी राज्यमा कानुन सबै जनतामा सम्मान हुनुपर्छ । ठुलालाई नलाग्ने तर साना चाँही कानुन लाग्ने कस्तो हो अहिलेको व्यवस्था ? ठुलालाई भने छुट सानालाई कानुन लाग्ने हो ।’
मेरा बडिगाड पनि तत्काल छुटनुपर्छ । उनीहरुले अवैध काम गरेको भए पो हिरासतमा राख्न मिल्छ । लाइसेन्सवाला हतियार बोकेका कारण उनीहरुमाथि अन्याय भएको उनको भनाइ छ ।
मेडिकल व्यवसायी प्रसाईंको मुद्दाको पेशी सोमबार रहेकाले उनीहरु हतियार बोकेरै सर्वोच्च अदालत पुगेका थिए । अदालतका मुल गेटमा इन्सपेक्टर विजय भण्डारीसहितको टोलीले जाँच गर्ने क्रममा हतियार भेटेपछि उनीहरुलाई पक्राउ गरिएको थियो ।



