Close

Recent Posts

इलाम २ मा रास्वपाको उम्मेदवार मिलन लिम्बू

इलाम २ मा रास्वपाको उम्मेदवार मिलन लिम्बू
  • १५ चैत्र २०८०, बिहीबार १३:५५

mulpatra

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ गते हुन लागेको इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि मिलन लिम्बूलाई उम्मेदवार बनाउने भएको छ। बुधबार मात्रै प्राइमरी इलेक्सनका लागि भन्दै सार्वजनिक गरिएका ६ वटा नाममध्ये भर्खरै नेकपा माओवादी केन्द्र छाडेका लिम्बूलाई रास्वपाले उम्मेदवार बनाउने निर्णय गरेको हो।

उनी आदिवासी जनजाति पत्रकार संघका महासचिवसमेत हुन्। रास्वपाले बुधबार प्राइमरी इलेक्सनका लागि सार्वजनिक गरेको सूचीमा मिलन पाँचौं नम्बरमा थिए।उक्त इलेक्सनबाट छानिनेमध्ये एकजनालाई रास्वपाले इलाम २ को टिकट दिने जनाएको थियो।

mulpatra mulpatra mulpatra