जुम्लामा प्रसाईको कार्यक्रममा एैतिहासिक जनसहभागिता, तनावमा पार्टी

काठमाडौँ–राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक वचाउ महाअभियान नेपालका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले २२ गते जुम्लामा कार्यक्रम गरेका छन् । जुम्लामा प्रसाईको कार्यक्रम अहिलेसम्म कै एैतिहासिक जनसहभागिता देखिएको छ । प्रसाईको सम्बोधन हेर्ने गाँउ–गाँउबाट सर्वसाधारण आएका थिए ।
जुम्लामा प्रसाईको कार्यक्रममा १२ हजारभन्दा बढी जनता भेलाका भएको उनको सचिवालयले जनाएको छ ।जुम्लाको दुर्गम जिल्लामा यति ठुलो संख्यामा जनता भेला हुनु सामान्य कुरा नभएको विभिन्न दलको राजनीतिक पार्टीहरुले समेत स्वीकारेका छन् ।
जुम्लाकै संसद ज्ञानेन्द्र शाहीले समेत प्रसाईको कार्यक्रममा ठुलो संख्यामा जुम्लाबासी भेला भएको स्वीकारेका छन् । दुर्गा प्रसाई जीले जुम्लाबासीको मन जितेको बताउँदै उनले उहाँ नेपालको राजनीतिकमा उदयमान नेता भएको समेत मूलपत्रलाई जानकारी दिए ।
प्रसाईले जुम्लामा सम्बोधन गर्दै जुम्लाबासी झापाको वि एण्ड सी अस्पतालमा उपचार गर्न आए ३० प्रतिशत छुट दिने समेत घोषणा गरेका छन् ।
प्रसाईले जुम्लामा आफु कुनै स्वार्थ बोकेर महाअभियानमा आएको होइन । देशको अवस्था हेरेर आएको हुँ । जनताको रुवाबासी देख्न नसकेर महाअभियान सञ्चालन गरेको समेत जानकारी गराए ।
गाँउ–घर सबै खाली छन् । कोही जनता खुशी छैन । म जनताको रोदन बु्झेर महाअभियान सञ्चालन गरेको हुँ । यसलाई गन्तव्यमै पुराउने छाडने उनले घोषणा गरे । बुधबार नेपालगन्ज पुगेका उनलाई दुई हजारभन्दा बढी जनताले स्वागत गरेका थिए ।
प्रसाईंले नेपालमा हिन्दु राज्य स्थापनाको लागि देशभर महाअभियान चलाइरहेका छन् । प्रसाईंले उठाएका अन्य एजेन्डामा बैंक तथा वित्तीय संस्थाले लिलाम गरेका घरजग्गा फिर्ता, सुकुम्बासी बनाउन नपाइने कानुन निर्माण, राजनैतिक संरक्षणमा भएको अरबौँ कर मिनाह बदर, बन्द उद्योग सञ्चालन, एक हजार र पाँच सयको नोट बन्दी, वैदिक सनातन धर्मसापेक्षको देश , सङ्घीयताको विकल्पहरू समेटिएका छन् ।
अहिले उनले भनेको पुगेपछि जनताले प्रसाईको महाअभियानलाई मन पराएका छन् । प्रसाईंले पछिल्लो समय गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको विरोध गर्दै आएका छन् । यस्तै बैंक तथा वित्तीय संस्थाहरूले गरिब जनताबाट चर्को कर असुलिरहेको भन्दै ऋण मिनाहाको अर्को एजेन्डासहित विभिन्न प्रदर्शन गरिरहेका छन् ।



