Close

Recent Posts

प्रसाईको कार्यक्रममा जनसहभागिता बढेसँगै एमाले अध्यक्ष ओलीलाई तनाव

प्रसाईको कार्यक्रममा जनसहभागिता बढेसँगै एमाले अध्यक्ष ओलीलाई तनाव
  • २५ चैत्र २०८०, आईतवार १२:४०

काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाई नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले चैत २२ गते जुम्लामा कार्यक्रम गरेको थियो ।

mulpatra

जुम्लामा प्रसाईको कार्यक्रममा १२ हजारभन्दा बढी जनताबासी भेला भएका थिए । जुम्लाजस्तो दुर्गम जिल्लामा यति ठुलो संख्यामा जनता भेला हुनु सामान्य विषय नभएको राजनीतिकबृत्तमा चर्चा समेत भयो ।

प्रसाईले जुम्लापछि चैत २४ गते दाङमा कार्यक्रम गरेका थिए । दाङका कार्यक्रममा पनि २० हजारभन्दा जनता भेला भए । दाङमा प्रसाईको कार्यक्रममा एमाले, कांग्रेस, राश्वपा, राप्रपा र माओवादीका केन्द्रीयदेखि जिल्लास्तरका नेता सहभागि भएका थिए ।

पछिल्लो समयमा जनता माझ प्रसाईको क्रेज बढ्दै गएपछि सबैभन्दा ठुलो तनाव नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई परेको छ । ओलीले प्रसाईका हरेक कार्यक्रमका बारेमा अप्रत्यक्ष रुपमा जानकारी लिइरहेका हुन्छ । प्रसाईको कार्यक्रममा एमालेका असन्तुष्ट कार्यकर्ता जाने हुनु कि भन्ने ओलीलाई तनाव भएको एमालेका एक केन्द्रीय नेताले जानकारी दिए ।

प्रसाईका हरेक कार्यक्रममा जनताको सहभागिता बढ्दो छ । यसलाई सामान्य रुपमा लिनु नहुने केही एमालेकै नेताहरुको पनि तर्क छ । ओलीले भने प्रसाईसँग व्यक्तिगत रुपमा इगो साधेको देखिन्छ । ओलीले प्रसाईविरुद्ध एमाले नेता महेश बस्नेतदेखि अरु केही युवा संघका कार्यकर्ता समेत प्रयोग गरे । तर प्रसाईलाई जनताले साथ दिन छाडेनन् । यस्तो देखेपछि ओली प्रसाईविरुद्ध कम बोल्न थाले ।

ओलीले प्रसाईका हरेक गतिविधि रोक्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रवि लामिछाने र अन्य सरकारमा सहभागि दलसँग सहयोग पनि माग्दै आएका छन् । तर प्रधानमन्त्री र गृहमन्त्रीले नै ओलीको दवावलाई सामान्य ठानेपछि उनी प्रसाई पक्राउ गर्नुपर्छ भन्नेतिर लागे । फेरी गृह प्रशासनले के कारण के मुद्धामा प्रसाई समाउनु भनेर प्रतिप्रश्न गरेपछि ओली चुप बस्न बाध्य भए ।

प्रसाईले हिन्दु राज्यको एजेन्डा अघि सारेपछि देशमा उनको पक्षमा माहोल बन्यो । यसको सबैभन्दा ठुलो दबाब एमालेमा देखियो । प्रसाईको महाअभियान रोक्न एमाले सरकारभन्दा बढी लग्यो । तर प्रसाईसँग एमाले अध्यक्ष ओली र एमालेकै केही लागेन ।

पछिल्ल्लो समयमा ओलीकै गृहजिल्ला झापामा प्रसाईको पक्षमा बलियो माहोल बनेपछि एमाले अध्यक्ष ओली झन दबाबमा पर्न थाले । देशभर प्रसाईको पक्षमा माहोल बन्दै र जनताको समर्थन बलियो हुँदै गएपछि ओली अहिले झन दबाबमा छन् । प्रसाईले भने आफनो महाअभियान देश र जनताका लागि भएका कारण अरुसँग दुश्मनी नभएको जानकारी दिए । आफनो हिसावले महाअभियान चलाइरहेको उनको भनाइ छ ।