Close

पोखरा तेस्रो मनुश्री भिग्राजित जुनियर टेनिस प्रतियोगिताको उपाधी डल्लाकोटीलाई

पोखरा तेस्रो मनुश्री भिग्राजित जुनियर टेनिस प्रतियोगिताको उपाधी डल्लाकोटीलाई
  • २६ चैत्र २०८०, सोमबार १०:३१

काठमाडौंँ– पोखरामा भएको तेस्रो मनुश्री भिग्राजित जुनियर टेनिस प्रतियोगिता यु –१२ मा
विश्वविषेश डल्लाकोटीले जितेका छन् । गत आइतवार (अप्रिल ३) मा कास्सी जिल्ला टेनिस संघको आयोजना भएको प्रतियोगिताको उपाधाी उनले हात परेका हुन् ।

mulpatra

गत आइतबार भएका खेलमा डल्लाकोटीले बुटवलका निश्चल ज्ञवालीलाई टाईब्रेकरमा ७–२ ले पछि पार्दै फाइनलमा पोखराकै आर्यस राज पौडेललाई ६–१ र ६–४ को अन्तरले हराउँदै उनले उपाधी जितको आयोजकले जनाएको छ ।

पोखरामा भएको तेस्रो मनुश्री भिग्राजित जुनियर टेनिस प्रतियोगिता यु –१२ को उपाधी डल्लाकोटीले जितेको प्रतियोगिताका संयोजक प्रिति बरालले जानकारी दिए। उनका अनुसार चैत २१ गतेदेखि भएको खेलमा ७० जना प्रतियोगिलाई पछि पार्दै डल्लाकोटीले उपाधी जितेका हुन् । डल्लाकोटीलाई नगद १० हजार र दोस्रो भएका आर्यसलाई ५ हजार पुरस्कारसहित आयोजकले सम्मानसहित प्रमाणपत्र वितरण गरेका थिए ।

mulpatra mulpatra mulpatra

साथै प्रतियोगितामा पोखराका दर्शिल श्रेष्ठले यु–१६ सिंगलको पुरस्कार पाएका छन्। डल्लाकोटी काठमाडौं टिम टेनिसमा तालिम लिइरहेका खेलाडी हुन् । डल्लाकोटीले यो भन्दा अगाडी पनि विभिन्न खेलमा सहभागि भइ आफनो प्रस्तुती देखाउँदै आएका छन् ।