इलाममा प्रसाईको शक्ति प्रदर्शन कुर्दै पार्टीहरु, नो भोटको पक्षमा जनता

काठमाडौं– व्यवसायी दुर्गा प्रसाई नेतृत्वको राष्ट्र,राष्ट्रियता,धर्म,संस्कृति र नागरिक बचाउ महाअभियानले दुई बर्षदेखि भुई मान्छेका लागि आन्दोलन गर्दै आएका छन् । प्रसाईले पहिलो पटक इलाम–२ मा राजनीतिक दललको विपक्षीमा कार्यक्रम वैशाख –६ गते गर्दैछन् । उनको यस कार्यक्रमलाई अर्थपुर्ण रुपमा हेरिएको छ । भने राजनीतिक दलले प्रसाईको कार्यक्रमलाई चुनौतीका रुपमा लिएका छन् ।
इलाम–२ को उपनिर्वाचनका लागि उम्मेदवारहरू घरदैलो र प्रचारमा जुटेका छन् । अहिले इलाम –२ को उपनिर्वाचनमा दुर्गा प्रसाईको कार्यक्रमको चर्चा राजनीतिकदेखि चिया पसलसम्म छ । प्रसाईले बैशाख १५ गते उपनिर्वाचनमा राजनीतिक दललाई किन भोट दिने भनेर आफनो प्रचार बढाएका छन् । इलाम–२ का जनताले पनि उनलाई साथ दिएका छन् ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रले वैशाख ५ (बुधबार)का लागि बृहत् संयुक्त आमसभा गर्दै छन् । उक्त सभामा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका शीर्ष नेताहरू पुग्ने कार्यक्रम रहेको छ ।
एमाले र माओवादीको तर्फबाट सुहाङ नेम्बाङ उम्मेदवार छन् । उनी दिवंगत नेता सुवास नेम्बाङका छोरा हुन् । नेपाली कांग्रेसले पनि प्रचारप्रसारलाई तीव्र बनाएको छ । कांग्रेसले यहाँ डम्बरबहादुर खड्कालाई उम्मेदवार बनाएको छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले मिलन लिम्बुलाई उम्मेदवार बनाएको छ ।
वैशाख ७ गतेका लागि सभापति रवि लामिछानेलाई इलाम बोलाइएको छ । ७ गते इलाम चोक बजारमै आमसभा गर्ने तयारी गर्ने रास्वपाको तयारी छ । अहिले इलाममा सबै पार्टीका शीर्ष नेता इलाम चुनावी कार्यक्रमका लागि पुगेका छन् । अहिले सबै राजनीतिक दललाई प्रसाईकको इलाममा हुने कार्यक्रम भारी भइरहेको उनीहरुकै शीर्ष नेताहरु बताउँछन् । पछिल्लो समय प्रसाई नयाँ युग सिर्जना गर्ने नेताका रुपमा नेपालीहरु हेर्ने थालेका छन् ।
बैंक,वित्तीय संस्था,सहकारी र लद्युवित्त पिडितका समस्यालाई प्रसाईले उठाउँदै आएका छन्।
गत मंसिर ७ मा बल्खुमा प्रसाईं नेतृत्वको महाअभियानले प्रदर्शन गरेको थियो भने नकपा एमाले निकट युवा संघले काठमाडौँको तीनकुनेमा प्रदर्शन गरेका थिए । प्रसाईको शक्ति प्रदर्शनमा ७० हजारभन्दा बढी सवसाधारण भेला भएका थिए । भने युवाको शक्ति प्रदर्शनमा ५ हजार पनि कार्याकर्ता भेला हुन सकेन । त्यति बेला सरकारले प्रसाईको आन्दोलन दबाउन ठुलो संख्यामा सुरक्षा कर्मी परिचालन गर्नुपरेको थियो ।
प्रसाईले जुम्ला, दाङ, झापा, काठमाडौं र मधेश प्रदेशमा गरेका कार्यक्रममा राजनीतिक दलको भन्दा बढी जनता भेला भएको देखिन्छ । जसका कारण प्रसाईले इलाम–२ मा गर्ने कार्यक्रममा कति जनता र कस्तो शक्ति प्रदर्शन हुन्छ भनेर राजनीतिक दल कुरेर बसेका छन् । अहिले सबैले आफना चुनावी सभा प्रसाईको कार्यक्रमभन्दा पछाडी कि अघि राखेका छन् ।
गणतन्त्र नेपालको स्थापना पछि देश विकासले गतिलिने भन्दै भाषण दिने राजनीतिक दलहरुले जनताको अपेक्षा अनुसारको विकास गर्न नसकेको प्रसाईको आरोप छ ।
जनतामा अहिलेका राजनीतिक दल तथा व्यवस्था प्रति केहि मात्रामा बितिष्णा छ, तर त्यसको अर्थ यो होइन् अहिलेका राजनीतिक दल राजतन्त्रभन्दा माथि बसेर शासन गर्नुपर्छ भन्ने नभएको प्रसाईले बताए । विश्वव्यापी उदाहरण दिर्ने हो भने संघिय लोकतान्त्रिक गणतान्त्रिक मुलुकहरुले विकासको फड्को मारिरहेका छन् । तर नेपालमा पनि लोकतन्त्रपछि राजनीतिक पार्टीहरु भ्रष्टाचार परिवारवादमा अलमलिएको प्रसाईले बताए ।
प्रसाईले गणतन्त्रको विकल्प सहितको भुइमान्छे, सर्वहारा वर्ग तथा नेपाली नागरिकको मुक्तिको लागि अन्तिम लडाई मैले गदै आएको छु । १६ जना तस्कर माडकारीहरू, १० जना लुटेरा व्यापारीहरू र ३० जना भ्रष्ट नेताहरू जेल हाल्नुपर्ने माग राख्दै आएका छन् । उनले पछिल्लो समय यिनै भ्रष्टहरुको सबै सामाग्री सार्वजनिक गर्दै आएका छन् ।
प्रसाईंले उठाएका अन्य एजेन्डामा बैंक तथा वित्तीय संस्थाले लिलाम गरेका घरजग्गा फिर्ता, सुकुम्बासी बनाउन नपाइने कानुन निर्माण, राजनैतिक संरक्षणमा भएको अरबौँ कर मिनाह बदर, बन्द उद्योग सञ्चालन, एक हजार र पाँच सयको नोट बन्दी, वैदिक सनातन धर्म सापेक्ष मुलुक, सङ्घीयताको विकल्पहरू समेटिएका छन् ।
अहिले उनले भनेजस्तै देशको अवस्था भइरहेको छ । जसका कारण देश विकास हुन नसकेको भन्दै प्रसाईको महाअभियानलाई सहयोग गदै जनता सडकमा उत्रिन थालेका छन् । अहिले प्रसाईका हरेक कार्यक्रमलाई राजनीतिक दलले चुनौतीका रुपमा हेर्ने थालेका छन् ।
नो भोटको यस्तो छ अन्तर्राष्ट्रिय अभ्यास
नेपालमा आफूलाई मन पर्ने कोही पनि उम्मेदवार चुनावमा उठेका छैनन् भने चुनावको दिन घरमै बसेर मतदाताले आफ्नो विरोध जाहेर गर्छन् । तर विश्वका केही देशमा मतदानस्थल गएर पनि आफ्नो विरोध जाहेर गर्ने व्यवस्था छ । यसलाई ‘नो भोट वा ‘राइट टु रिजेक्ट’ वा ‘नेगेटिभ भोटिङ’ भनिन्छ ।
भारत समेत विश्वका १३ मुलुकले मतपत्रमा कुनै पनि उम्मेदवारलाई नछान्न पनि पाउने अधिकार दिएको छ ।
देश अनुसार मतपत्रमा यसलाई फरक फरक नाम दिइएको हुन्छ । भारतको भोटिङ मेसिनमा ‘माथिका कुनै पनि होइन’ लेखिएको बटन हुन्छ ।
इण्डोनेशिया, कोलम्बियामा कसैलाई मत नदिने मानिसले खाली मतपत्र मतपेटिकामा खसालिदिन्छन् । ग्रिस, बेलारुस र स्पेनमा सेता विकल्पमा चिन्ह लगाइन्छ ।
अमेरिकाका ५० राज्यमध्ये नेभाडा राज्यले राज्यभित्रका निर्वाचनमा मतदातालाई यो अधिकार दिएको छ । त्यहाँ मतपत्रमा ‘यीमध्ये कुनै उम्मेदवार पनि होइन’ भन्ने विकल्प दिइएको हुन्छ। नेपालमा भने यसको अहिलेसम्म अभ्यास भएको छैन ।
नेपालको सर्वोच्च अदालतले २०७० पुस २१ गते भविष्यमा हुने संसदीय वा स्थानीय निर्वाचनमा नकारात्मक भोटको व्यवस्था गर्न नेपाल सरकार र निर्वाचन आयोगलाई निर्देशन दिएको थियो । तर राजनीतिक दलले यस विषयमा चासो दिएका छैन ।
यसको ठीक तीन महिनाअघि भारतको सर्वोच्च अदालतले सन् २०१३ सेप्टेम्बर २७ मा भारतको निर्वाचन आयोगलाई उस्तै निर्देशन दिएको परिपेक्षमा नेपालको अदालतको यस्तो फैसला आएको थियो । तर विडम्बना, भारमा यो निर्णय कार्यान्वयन हुँदा नेपालका सम्बन्धित निकायले अदालतको निर्णयलाई बेवास्ता गरिदिए । जसका कारण यो व्यवस्था लागु नै भएन ।