इलाममा प्रसाईको प्रदर्शन :जनसहभागिता देखेर सबै पार्टीलाई हार्ने त्रास

इलाम – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले एक बर्षयता सञ्चालन गरेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आज इलाममा कार्यक्रम गरेको छ । प्रसाई नेतृत्वको महाअभियानको कार्यक्रममा १० हजारभन्दा बढी इलामबासी भेला भएका थिए ।
प्रसाईको कार्यक्रममा जनसहभागिता देखेर आफना कार्यकर्ता भाडिने त्रासमा नयाँ–पुराना राजनीतिक दल देखिएका छन् । प्रसाईको बृहत् नागरिक मुक्ति आन्दोलन अहिलेसम्मकै बढी जनता इलाममा भेला भएका थिए । इलाममा प्रसाईको कार्यक्रमसँग नयाँ–पुराना राजनीतिक दल उनीसँग डराएको देखिन्छ ।

इलाममा भने आगामी निर्वाचनमा आफना कार्यकर्ता भाडिने डर भएको एमालेका एक जिल्लास्तरीय नेताले जानकारी दिए । ती नेताकाअनुसार इलाममा प्रसाईको कार्यक्रम राजनीतिक दलको चुनावी सभाभन्दा ठुलो हो । राजनीतिक दलका शीर्ष नेताहरु सम्बोधन गर्न आउँदा पनि यति धेरै नागरिक भेला नभएको एमालेका ती नेताको भनाइ छ ।
वैशाख १५ मा हुने उपनिर्वाचन केन्द्रीत नो भोटको पक्षमा प्रसाईले गरेको इलामको कार्यक्रमलाई ऐतिहासिक मानिएको छ ।

इलामको निर्वाचनमा हार्ने डरले अहिले सबै राजीतिक दल प्रसाईसँग सहकार्य गर्ने खोजिरहेका छन् । भने आजको प्रदर्शनबाट चुनावी मैदानका होमिएका सबै राजनीतिक दल आफनो कार्याकर्ता भाडिने त्रास समेत थपिएको पार्टीहरु बताउँछन् ।
प्रसाईले भने यस विषयमा केही ठोस निर्णय गरेका छैन । इलाममा प्रसाईले जता हात हल्लाए त्यहीँ पार्टी जित्न सम्भावना रहेको राजनीतिक दलकै कार्यकर्ताहरुले आजको कार्यक्रमपछि बताएका छन् ।
प्रसाईले जनताका दुख नबुझने नयाँ अथवा पुराना सबै पार्टीलाई भोट किन हाल्ने भनेर सम्बोधनका क्रममा प्रश्न गरेका थिए । उनले म जनतासँग छु, मलाई अहिले केहीको लोभ छैन । इलामका जनताले भोट दिएर के पाउँछन भन्ने आफैले बुझन खोजेको उनले फेरी प्रश्न गरे ‘अबको चुनावबाट के पाउँछन भन्ने मेरो मुख्य चासोको विषय हो । विगतमा भोटका हालेका युवा खाडी गए । उनीहरुले भोट दिए वापत त्यही उपहार पाए ।’ उनले भने ।

प्रसाईले भोट हाल्ने जनता घर परिवार विहिन भएका छन् । तर भोट पाउने नेता महलमा बसेका छन् । यही हो लोकतन्त्रमा जनताले भएको उपलब्धी भनेर जनतासँग बताएका छन् । आफनो उद्देश्य पहिला जनता बचाउने हो । त्यसपछि विकास खाका बोकेर जनताकै लागि काम गर्ने भएको बताएका छन् ।
उनले देशमा अहिलेको अवस्था आउनुको मुख्य कारण राजनीतिक पार्टी हुन् । उनीहरु भएसम्म नेपाल नबन्ने उनको दाबी थियो । अब विकास गर्ने पार्टी जनताले खोजेका छन् । त्यसका लागि
सबै जनताले सोच्नुपर्ने बेला भएको प्रसाईले संम्बोधनका क्रममा बताए ।
प्रसाईंले पछिल्लो समय गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको विरोध गर्दै आएका छन् । उनले बैंक तथा वित्तीय संस्थाहरूले गरिब जनताबाट चर्को कर असुलिरहेको भन्दै ऋण मिनाहाको अर्को एजेन्डासहित एक बर्षयता देशव्यापी प्रदर्शन गर्दै आएका छन् ।
प्रसाईले दाङ, जुम्ला र इलामको कार्यक्रममा जनता लुटेर खाने तस्करको तस्वीर र उनीहरुले गरेको तस्करीसँगै ठगिको विवरण सार्वजनिक गर्दै आएका छन् । जसका कारण उनीसँग सबै राजनीतिक रुष्ट समेत छन् ।
सरकारले समाएका तस्कर छाड्न एमाले अध्यक्ष केपी ओलीको दबाब थेग्न समस्या भइरहेको छ । रबि लामिछाने पनि प्रसाईको कार्यक्रमले आफना कार्यकर्ता भाडिने त्रासमा छन् । अहिले यहीँ आन्दोलनका रोक्न राजनीतिक दलले हरेक प्रयास गरिरहेका छन् । कहिले प्रसाईको लाइसेन्स भएको हतियारसँग बडिगाड पक्रिने जस्ता दुख अहिले सरकारले दिइरहेको छ ।
जनताले प्रसाईको महाअभियानका एजेन्डा मन पराएका मात्र होइन । उनको आन्दोलनमा प्रत्यक्ष सहयोग समेत गर्दै आएका छन् ।
बैंक तथा वित्तीय संस्थाले लिलाम गरेका घरजग्गा फिर्ता, सुकुम्बासी बनाउन नपाइने कानुन निर्माण, राजनैतिक संरक्षणमा भएको अरबौँ कर मिनाह बदर, बन्द उद्योग सञ्चालन, एक हजार र पाँच सयको नोट बन्दी, वैदिक सनातन धर्मसापेक्षको देश, संघीयताको विकल्पहरू समेटिएका छन् । प्रसाईका आन्दोलनलाई गत मंसिर ७ गतेपछि भारत, चीन, अमेरिकालगायतका शक्ति राष्ट्रहरुले पनि नजिकबाट हेरिरहेका छन् ।
