Close

Recent Posts

मेडिकल व्यवसायी संघकाे अध्यक्षमा कला दाहालकाे उम्मेदवारी

मेडिकल व्यवसायी संघकाे अध्यक्षमा कला दाहालकाे उम्मेदवारी
  • १७ बैशाख २०८१, सोमबार ०६:४२

काठमाडौँ– नेपाल मेडिकल व्यवसायी संघको अध्यक्ष पदका लागि कला दाहाल रिजालले उम्मेदवारी दिने भएकी छिन्।
संघले यही बैशाख २२ गते साधारणसभा गर्दै छ। उक्त साधारण सभाबाट आउने नयाँ कार्यसमितिका लागि दाहालले अध्यक्ष पक्षका लागि उम्मेदवारी दिने भएकी हुन्।

mulpatra

वैशाख २२ हुने साधारण सभाबाट नयाँ कार्यसमिति चयन हुँदैछ। युनाइटेड डाइग्नोष्टिक सेन्टरकी सञ्चालक तथा संघको उपाध्यक्ष समेत रहेकी दाहालले अध्यक्ष पदमा उम्मेदवारी दिने बताएकी छिन्।

दाहालले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परिक्षण क्षेत्रमा २०६१ सालदेखि काम गर्दै आएकी छिन्। उनले वैदेशिक रोजगारी क्षेत्रको स्वास्थ्य परिक्षणमा अहिले देखिएका सबै विकृति अन्त्य गर्न प्रयास गर्ने बताएकी छिन्।

mulpatra mulpatra mulpatra

स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफनो पहिलो प्रथामिकता हो। त्यसपछि वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परिक्षणलाई पारदार्शी बनाउन सरकारसँग पहल गर्ने उनले बताइन्। ‘संघमा महिला पनि नेतृत्वमा आउँछन् भने उदाहरणका लागि उम्मेदवारी दिन लागेको हुँ। यस क्षेत्रका नीति निर्माणदेखि सबै विषयगत सुधारका लागी सरोकारवाला संस्थासँग मिलेर काम गर्नेछु।’ उनले भनिन।

संघमा आवद्ध सबै संस्थालाई मिलाएर लैजाने र यस क्षेत्रलाई स्वास्थ्यमैत्री बनाउन काम गर्ने योजना रहेको उनको भनाइ छ।

नेपाल मेडिकल व्यवसायीमा नयाँ व्यवसायी उत्पादन गर्ने र यस क्षेत्रका व्यवसायीको सुरक्षासँग हकहितका लागि आफ्नो प्रयास रहेन उनको योजना छ। देशभर वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परिक्षण गर्दै आएका संस्थालाइए प्रविधिकमैत्री बनाउन सरकारसँग पहल गर्ने समेत उनको भनाइ छ।

Image Source: © https://mulpatra.com

स्वास्थ्य सुधारका लागि सरकारसँग विभिन्न योजना बनाएर पहल गर्ने र यस क्षेत्रलाई लगानी गर्न योग्य बनाउने लक्ष्य लिएको उनको भनाइ छ। विगतमा जे–जस्तो भए ती सबैको समिक्षा गरेर नयाँ योजनाका साथ काम गर्ने उनको दाबी छ। साधारण सभा भरसक सर्वसहमत हुने संघले जनाएको छ।