Close

Recent Posts

इलाम –२ मा प्रसाईको प्रभावः नो भोटका पक्षमा १४ हजार, पहिचानवादीलाई अप्रत्यक्ष सहयोग

इलाम –२ मा प्रसाईको प्रभावः नो भोटका पक्षमा १४ हजार, पहिचानवादीलाई अप्रत्यक्ष सहयोग
  • १७ बैशाख २०८१, सोमबार १०:५७

काठमाडौँ– इलाम– २ को उपनिर्वाचनमा ‘नो भोट’को पक्षमा १४ हजारभन्दा बढी जनताले मतदान नगरेको पाइएको छ । उक्त निर्वाचन क्षेत्रमा मेडिकल व्यवसायी दुर्गा प्रसाईले नो भोटको अभियान चलाइएका थिए ।

mulpatra

प्रसाई नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानले वैशाख ६ गते इलाममा नो भोटका पक्षमा कार्यक्रम समेत गरेको थियो । इलाम निर्वाचन कार्यालयका अनुसार नो भोटका पक्षमा करिब १४ हजार जनताले साथ दिएका छन् ।

भने, प्रसाई नेतृत्वले अप्रत्यक्ष रुपममा पहिचानवादीका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमलाई सहयोग गरेको थियो । थेगिमले इलामको उपनिर्वाचनमा करिब ११ हजार मत ल्याउने सम्भावना रहेको छ । इलाममा भएको उपनिर्वाचनमा प्रसाईको पक्षमा करिब २३ हजार मत देखिएको छ ।

प्रसाईले अप्रत्यक्ष सहयोग गरेका थेगिम र नो भोटका पक्षमा करिब २३ हजार मत रहेको निर्वाचन कार्यालय इलामका एक कर्मचारीले जानकारी दिए।

वैशाख १५ गते भएको उपनिर्वाचनमा १४ हजार जतना सहभागि नभएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार प्रसाई नेतृत्वले चलाएको महाअभियानमा प्रत्यक्ष १४ हजार मत नखसेको हो । यति जनता भोट हाल्न मनदान स्थलमै नपुगेको कार्यालयले जानकारी दियो ।

नो भोटका कारण अहिलेको उपनिर्वाचनमा ठुलो उथलपुथल आएको छ । प्रसाईले सहयोग गरेका थेगिम समेत तेस्रो स्थानमा आए । हाल मत गणना जारी छ । नो भोटका कारण मत परिमाणमा समेत ठुलो प्रभाव समेत परेको राजनीतिक दलकै नेताहरु बताउँछन् ।

२०७९ मंसिरमा भएको निर्वाचनमा सम्पन्न निर्वाचनमा इलाम (२) को मतदाता एक लाख १५ हजार तीन सय ४२ छ । जसमा गत निर्वाचनमा करिब ७८ हजार मत खसेको थियो। जसमा ७६ हजार आठ सय ८५ मत सदर र दुई हजार पाच सय ९६ मत बदर भएको इलाम निर्वाचन कार्यालयले जनाएको छ।

गत निर्वाचनमा एमालेको उपाध्यक्षा सुवास नेम्वाङले ३० हजार २० मत प्राप्त गरेर विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत प्राप्त गरेका थिए ।

गत शनिबार सम्पन्न निर्वाचनमा जम्मा ६९ हजार २८७ मत खसेको थियो। कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको यो क्षेत्रमा इलाम नगरपालिकाको ११ वटा वडावाट २० हजार ६ सय ६५ मत खसेको थियो।

देउमाइ नगरको ९ वटामा १५ हजार ९ सय ८० मत खसेको थियो । माङ्सेबुङ र चुलाचुलीका ६र६ वटाबाट क्रमशः ७ हजार २ सय ६ र ११ हजार १ सय ९८ तथा माइ नगरको ३ वटावाट ४ हजार ६ सय ३४ मत खसेको थियो।

२०७९ मंसिरको निर्वाचनको तुलनामा उपनिर्वाचनमा १४ भोट कम खसेको इलाम निर्वाचन कार्यालयले जनाएको छ ।

इलामको उपनिर्वाचनमा प्रसाईले चलाएको नो भोटको महाअभियानले ठुलो प्रभाव परेको छ । नेपालमा नो भोटका पक्षमा प्रसाईले पहिलो पटक अभियान चलाएका थिए । प्रसाई एक वर्षयता देशव्यापी रुपमा कार्यक्रम गर्दै आएका छन् । प्रसाईका कारण अहिले सबै राजनीतिक दल समस्यामा पर्न थालेको राजनीतिक बृत्तमा चर्चा छ ।