पायो पूर्वाञ्चल र मध्यपश्चिम विश्वविद्यालयले उपकुलपति

पायो पूर्वाञ्चल र मध्यपश्चिम विश्वविद्यालयले उपकुलपति
  • १८ बैशाख २०८१, मंगलवार १५:५८

काठमाडौं । लामो समयपछि पूर्वाञ्चल र मध्यपश्चिम विश्वविद्यालयले उपकुलपति पाएको छ ।

पूर्वाञ्चलमा सोही विश्वविद्यालयको व्यवस्थापन संकायका पूर्व डिन प्राडा विजुकुमार थपलिया र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा त्रिभुवन विश्वविद्यालय योजना निर्देशनालयका निर्देशक प्राडा ध्रुवकुमार गौतमलाई नियुक्त गरिएको छ ।

विश्वविद्यालयका कुलपति प्रधानमन्त्री पुष्पकमल दाहालले दुवै विश्वविद्यालयको उपकुलपतिलाई आज नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

पूर्वाञ्चलमा शिक्षामन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति सिफारिस गर्न विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीको अध्यक्षतामा ३ सदस्यीय सिफारिस समिति गठन गरिएको थियो ।