Close

Recent Posts

मकै खेती प्रोत्साहन कार्यक्रममा सुदूरपश्चिम सरकार

मकै खेती प्रोत्साहन कार्यक्रममा सुदूरपश्चिम सरकार
  • १८ बैशाख २०८१, मंगलवार १६:१८

काठमाडौं। सुदूरपश्चिम प्रदेशमा मकैखेती विशेष कार्यक्रम अन्तर्गत वसन्ते मकैखेतीको विस्तार सुरु भएको छ । दाना उद्योग र घरायसी प्रयोजनमा समेत मकैको आयात हुन थालेपछि आयात प्रतिस्थापनसँगै किसानको आम्दानी वृद्धि गर्न र रोजगारी समेत सिर्जना गनेै लक्ष्यका साथ उक्त कार्यक्रम शुरु गरिएको छ ।

mulpatra

कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माका अनुसार कैलाली र कञ्चनपुरमा वसन्ते मकैखेतीका लागि सरकारले मकै्रको बीउमा अनुदान, सिँचाइ उपकरण र अन्य प्राविधिक सहयोग गरेको छ । अभियानकै रुपमा यो कार्यक्रम विस्तार गरिने योजना रहेको समेत उहाँले बताउनु भयो ।

मुख्यमन्त्री बृहत् तथा विशेष कार्यक्रममा समेटिएको वसन्ते मकैखेती पहिलो वर्ष कैलालीको गौरीगङ्गा, घोडाघोडी, कैलारी, जानकीनगर, लम्कीचुहा, टीकापुर र कञ्चनपुरको पुनर्वास, बेलडाँडी, बेलौरीलगायत क्षेत्रमा गरिएको छ । कृषि ज्ञान केन्द्रमार्फत कार्यान्वयन भइरहेको खेती आगामी तीन वर्षभित्रमा थप क्षेत्रफलमा विस्तार गर्ने लक्ष्य छ । प्रदेश सरकारले वसन्ते मकैखेतीबाहेक चिप्स बनाउन प्रयोग हुने आलुखेती र मसिनो धानखेतीलाई पनि विशेष कार्यक्रममा समावेश गरेको छ ।